पांचपोखरी थांगपाल गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुस्टि

पांचपोखरी थांगपाल गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ २९/दिपक विक्रम देउजा

सिन्धुपाल्चोक जिल्लाको पांचपोखरी थांगपाल गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुस्टि भएको छ । सो गाउँपालिका वडा नं ६ का ३९ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुस्टि भएको हो ।

संक्रमित व्यक्तिहरु दोलखा बाट जेष्ठ ६ गते सिन्धुपाल्चोक आएर मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका थिए।जेष्ठ २३ गते स्वाव संकलन गरेर परिक्षणका लागि पठाई एकोमा बुधवार उक्त नतिजा पोजिटिभ आएको थियो।

अहिले आइसोलेसनमा रहेका उनीहरुको सम्पर्कमा  आएका व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको छ।

 

तपाइँको प्रतिक्रिया ।