असार १ गते देखि सबै सरकारी कार्यालय खुल्ने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २९

सरकारले साढे दुई महिना लामो लकडाउनको मोडल परिवर्तन गरेको छ । बुधबार वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडल परिवर्तन गर्ने निर्णय गरेको हो ।यस सम्बन्धि औपचारिक निर्णय भने आज दिँउसो मात्र सार्वजनिक हुनेछ ।

लकडाउनको मोडल परिवर्तन गर्दै सरकारले खोल्न पाइने २१ वटा क्षेत्रहरु निर्धारण गरेको छ । लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक, औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण खुल्नेछन् ।

यस्तै,फोहोरमैला व्यवस्थापन खुकुलो बनाइएको छ । विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा खुल्नेछन् । बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा, पुस्तक पसल तथा स्टेसनरी, सबै प्रकारका ढुवानी सेवा,अत्यावश्यक सेवाका कार्यालयहरु खुल्नेछन् ।

यस्तै,अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी खुल्नेछन् । जस अनुसार आगामी असार १ गतेदेखि सरकारी कार्यालयहरू खुल्ने भएका हुन् ।

तपाइँको प्रतिक्रिया ।