गोकर्णेश्वर ४ मा निर्माण गर्न लागिएको क्वारेन्टाइन व्यवस्थापनमा स्वयं सेवक सक्रिय
कपन अनलाइन
काठमाडौं जेठ २८। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । देशैभरि क्वारेन्टाइन निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिइए पछि गोकर्णेश्वर नगरपालिकाले पनि नगरपालिकाको दुइ स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सहयोगी उच्च माध्यमिक बिध्यालय र गोकर्णेश्वर १ सुन्दरीजल स्थित ओख्रेनी माविलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने प्रस्ताब गरिएको वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले बताए। विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सहयोगी उच्च माध्यमिक बिध्यालयमा ५० सैयाको क्वारेन्टाइन तयारी पारिएको हो। विदेशमा रहेका धेरै नेपाली नागरिक फर्कन खोजिरहेको हुँदा उनीहरु फर्केपछि राख्नका लागि र नगरपालिका भित्र फैलन सक्ने सङ्क्रमणको जोखिम रोकथामका लागि क्वारेन्टाइन निर्माण थालिएको नगर प्रमुख सन्तोष चालिसेले बताए ।
उक्त क्वारेन्टाइन निर्माणको लागि गोकर्णेश्वर नगरपालिकामा गठित स्वयं सेवक परिचालन समितिका संयोजक दिपक लामाको प्रत्यक्ष सहभागितामा स्वयं सेवक, नगर प्रहरीहरुले बेड लगायतको आवश्यक सामग्रीको ओसार प्रसार तथा व्यवस्थापनमा सहयोगी भूमिका खेलेका थिए। सो कार्यमा गोकर्णेश्वर ४ का र गोकर्णेश्वर ८ का स्वयं सेवकहरु परिचालन गरिएको थियो जसमा,गोकर्णेश्वर युवा जागरण क्लब र अत्तरखेल युवा समाजका स्वयं सेवकहरुले बेड व्यवस्थापनमा सहयोगी भूमिका खेलेका थिए।
क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्न लागिएको सहयोगी उच्च माध्यमिक बिध्यालयको केहि समय अघि गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ,प्रशासन अधिकृत भिम बहादुर शाही, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय ,नेपाली सेना लगायतको टोलीले निरीक्षण गरेका थिए ।
फोटो :सरोज बस्नेत