गोकर्णेश्वर नगरपालिका भित्र संचालित सामाजिक संघ सस्थाहरुलाई नगर प्रवक्ता मनोज कुमार ढुंगानाको पहलमा खाद्यान्न सहयोग

गोकर्णेश्वर नगरपालिका भित्र संचालित सामाजिक संघ सस्थाहरुलाई नगर प्रवक्ता मनोज कुमार ढुंगानाको पहलमा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं जेठ २८। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाको  पहलमा बिभिन्न संघ संस्थाहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेको संस्थाहरुलाई आफ्नो राजनैतिक जीवनको साथै सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुंगानले आफ्नो नैतिक दायित्व पुरा गर्ने क्रममा जेष्ठ २७ गते  मंगलबार बिभिन्न संस्थाहरुलाई खाद्यान्न सहयोगको लागि   पहल गरेका  हुन ।उनले लक डाउनका कारण खाद्यान्नको अभाब भइ सामाजिक संस्थामा आश्रित ब्यक्तिहरुलाइ समस्या नआओस भनेर  सहयोगको लागि पहल गरेको बताए ।

 नेपाल एभेन्जर कलेजको सहयोग तथा दिपेन्द्र सेन्चुरी संगको सहकार्यमा गोकर्णेश्वर नगरपालिका क्षेत्रमा संचालित अभिभावक विहीन बालबालिकाहरुलाई आश्रय दिइरहेको संस्थाहरुलाई खाद्यन्न सहयोग गरिएको हो। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको ‘सुनौलो पाइला’, वडा नं ८ प्रकृतिनगरमा रहेको “सहयोगी समाज नेपाल” , वडा नं ८ कै पिपलबस्तीमा रहेको “बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपाल”, वडा नं ५ जोरपाटी स्थित “नयाँ जीवन नेपाल” र वडा नं ६ चमुण्डा मन्दिर नजिक रहेको “हाम्रो सुनौलो संसार ” नामक संस्थाहरुलाइ  प्रति संस्था चामल ५ बोरा, ७ केजी दाल, चिउरा ५ केजि, खाने तेल ५ लिटर, ४ केजी चिनि, भटमासको मस्यौरा २ केजि सहित नुन ३ प्याकेट वितरण गरिएको थियो  ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष रमेश अर्याल, नेपाल एभेन्जर कलेजका प्रीन्सिपल किरण शर्मा, समाजसेवि दिपेन्द्र सेन्चुरी , वडा नम्बर ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।