इट्टा उद्योगका मजदुरहरुलाई राहत वितरण
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २८।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बालविकास समाजको संयुक्त पहलमा काठमाडौंका चन्द्रागिरि नगरपालिकाका ४ र ललितपुर बुङ्गमतीका ४ गरी जम्मा ८ वटा इट्टा उद्योगमा काम गर्ने ३३५ परिवारलाई खाद्यान्न सामाग्री र उनीहरुका ३५१ जनाबालबालिकालाई सरसफाई झोला (Hygine Kit ) वितरण गरियो ।
कोेरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले २०७६ चैत्र ११ गतेबाट मुलुकभर गरेको लकडाउनले मारमा परेका मजदुरहरुलाई संस्थाले दोस्रो पटक यही जेठ २५ र २६ गते खाद्यान्न प्याकेज वितरण गरिएको हो ।
ईंटा उद्योगका तीनजना भन्दा बढी सदस्य भएको हरेक झ्याउली/परिवारलाई ३० केजी चामल, २ केजीनुन, ३ केजी दाल, २ लिटर तेल, २ केजी चिनी, ४ वटा हात धुने साबुनको प्याकेजको दरले र १ वा २ जना सदस्य भएको परिवारलाई उक्त प्याकेजको आधा हुनेगरी नेपाल सरकार–राहत वितरण मापदण्ड २०७६ अनुसारको प्याकेज वितरण गरिएको हो ।
बालबालिकाका लागि ३५१ सरसफाई झोलामा साबुन, ब्रस, मन्जन, काइयो, टावेल, नैना लगायतका सामाग्री राखी वितरण गरिएको हो । त्यसै गरी चन्द्रागिरि नगरपालिकामा रहेको अरविन्द आश्रम, ग्लोरी बालगृह, मनाङ्ग सेवाआश्रम, र बालविकास केन्द्र गरी ४ वटा बालगृहका २१६ जना बालबालिकालाई समेत खाद्यान्न वितरण गरिएको हो । ८ वटा ईंटा उद्योग र ४ वटा बालगृहमा गरी जम्मा चामल ९९५५ केजी, नुन ६६७ केजी, दाल १०८० केजी, तेल ७८७ लिटर, साबुन १३९० पिस, र चिनी ७३२ केजी वितरण गरिएको हो ।
सामाग्री वितरणका समयमा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिशा नकर्मी,विपद् व्यवस्थापन शाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख, वडा अध्यक्ष तथा सदस्यहरु, स्थानीय प्रहरी,थानकोट उपस्वास्थ्य चौकी र बुङ्गमती उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु, वर्ल्ड भिजन इन्टरनेसन नेपालको सक्रियता रहेको थियो ।
वितरणका क्रममा एक अर्का बिच सामाजिक दुर कायम गरी सुरक्षा सामाग्रीहरु प्रयोग गर्नुका साथै सबै सहभागीको ज्वरो मापन गरिएको थियो । संस्था सँग समन्वय गरी लकडाउनका कारण समस्या झेल्दै आएका मजदुरहरुलाई खाद्यान्न लगायतको सहयोगबाट विपन्न परिवार र बालबालिकालाई ठूलो सहयोग भएको र अहिले रोग, भोक दुबैले हुँदा खाने तथा संकटमा परेका परिवारलाई यस्ता सहयोग महत्वपूर्ण कार्य भएको कुरा उपप्रमुख नकर्मीले बताएकी छन ।