अप्रिय कोरोना : हेमाङ्ग राज गिरी (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २७।
चारैतिर यो कस्तो निःशब्दता छायो ?
कहर बोकेर कोरोना कहाँबाट आयो ?
शोकमा छन् जनता, मुक्ति कसरी पाउने ?
विज्ञान हार्यो अब इश्वरको शरणमा पर्ने
दिनदिनै मान्छे कति मरेका?
तीनका आफन्त हेर शोकमा परेका
न धनसम्पत्ति कुनै काम आयो
हेर्दाहेर्दै सब हामी सामू लग्यो
विकसित देशलाई हम्मेहम्मे परेको
अन्यौलमा छन् कुन देशले गरेको?
अमेरिका र चिन छन् आरोप प्रत्यारोपमा
लाखौ मरे हेर, हामी छौ शोकमा
दुनियाँमा पाप कुकर्म बढेर
कोरोना आयो त्यसैको बुई चढेर
ऐ मनुष्य ! आयो बेला सोच्ने
साँचो मनुष्य भई कहिले अब बाँच्ने?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।