सांसद कृष्ण राईको सांसद गगन थापालाई प्रश्न वर्षौ कोषको रकम खर्च गरेर अहिले विलाप किन ?
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २६।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित सांसद कृष्ण राईले काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित सांसद गगन थापाले स्थानीय पूर्वाधार कोषको वारेमा गरेको टिप्पणी प्रति प्रश्न गरेका छन।
२०७० र २०७४ शालमा निर्वाचित र २०६४ शालको संविधान सभामा समानुपातिक सांसद रहेका थापाले दशौ वर्ष सम्म निरन्तर सोहि रकम खर्च गरेर स्वामित्व लिने तर अहिले आएर त्यसै माथि प्रश्न उठाउनुको अर्थ हुन्छ ? भन्ने प्रश्न गर्दै सांसद राईले आज वडा अध्यक्ष जति पनि हैसियत नभएको भन्दै विलाप गर्नु उचित नभएको बताएका हुन्।
सुरुकै बर्षमा आफु पनि माननीयहरुलाई संविधानले सम्बोधन गरे बमोजिम विधायकको रुपमा मात्र प्रस्तुत हुनुपर्छ भन्ने मत राख्ने सांसद भएको भन्दै सांसद राईले पछी सबै सांसदहरुको सहमतिमा लागु गरिएको कुरालाई अहिले उठाउनु कसरि उचित हुन्छ ? भन्ने प्रश्न राखेका थिए।
निर्वाचन को समयमाकाठमाडौं क्षेत्र नं ४ का सांसद थापाले पुस्तिका छपाएर यहि कोषको रकममा योजना गौरव गर्दै जनतामा बाढेको प्रसंग प्रति संकेत गर्दै सांसद राईले विगतका बर्षहरुमा रकम खर्च गरिसके पछी अहिले वडाध्यक्षभएकी भनेर हिनताबोध पाली राख्न जरुरी नरहेको बताएका थिए।
संघीय संसदमा बोल्दै नेकपा काठमाडौंका अध्यक्ष समेत रहेका सांसद राईले नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहको नक्कली बजेट भन्ने अभिव्यक्ति प्रति असमति प्रकट गर्दै एकै वर्षमा सबै काम सम्पन्न गर्नुपर्छ भनेर सोच्नु गलत भएको बताएका थिए।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद राईले देशको संरक्षक राष्ट्रपति र जननिर्वाचित प्रधानमन्त्रीलाई जथाभावी शब्दले सम्बोधन गर्नु राम्रो कुरा नभएको भन्दै हिजो राष्ट्रपतिकै नाममा चुरे संरक्षण भन्दै ल्याउने दलका माननीयहरुले आज सम्माननीय रास्ट्रपतिको नाममा आएको कार्यक्रमलाई लक्षित गरेर श्री कती कती भनेर नोबोलेको भए राम्रो हुने धारणा राखेका थिए।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कोही व्यक्ति बिशेषलाई नभई समग्र शिक्षा सुधारको क्षेत्रमा भएको भन्दै विरोधको कुनै तुक नभएको बताउदै सांसद राईले परराष्ट्र मामिलाका सम्बन्धमा समेत जसले जे पायो त्यही बोल्न नहुने भन्दै परराष्ट्र नीतीको ख्याल राख्नुपर्ने धारणा राखेका थिए।
भारतले मिचेको भूमीलाई समेटेर सरकारले नयाँ नक्सा जारी सकेपछि भारतले एक इन्च पनि मिचेको छैन भन्ने सांसद आफ्नै वरिपरी रहेको भन्दै सांसद राईले हिजो आफ्ना पालमा केही पनि नगर्ने आज नेकपाले गरेर धेरै बर्ष शासन गर्ने भयो भन्दै राग पोख्ने पनि त्यहि रहेको धारणा राखेका थिए।