आरोप प्रमाणित गर्नका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको चुनौती
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २६ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले निष्ठा तथा इमान्दारिताका साथ काम गर्ने व्यक्तिको छविलाई धरमराउने कार्य गरिएको भन्दै दुख व्यक्त गरेका छन। आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री विश्वकर्माले आफूले कार्यकाल सम्हालेदेखि नेपाली खेलकुदमा धेरै किसिमको विकास गरेको र आफूले गरेको विकासमा खोट देखाउँदै धेरै व्यक्तिहरूले निष्ठा र इमानमा आँच आउने गरी प्रतिकृया दिएको बताए ।
आफुले बाल्यकाल देखि आफ्नो निष्ठा र इमानका साथ काम गर्ने प्रवृत्तिलाई आज पनि कायम गरेको बताउदै मन्त्रि विश्वकर्माले त्यसैका बीच पनि धेरै ठाउँमा आफ्नो आलोचना भएको देख्दा दुःख लागेर आउँने अभिव्यक्ति संसदमा दिएका थिए ।
एन्फाको अध्यक्षले दिएको अन्तर्वार्ताका विषयमा आफुलाई जानकारी नरहेकोले त्यसमा नजोड्न आग्रह गर्दै मन्त्री विश्वकर्माले एन्फाले मात्र नभएर खेलाडी देखि सबै खेल क्षेत्रका संस्था र व्यक्तिहरूले धेरै माया गर्ने गरेको बताएका थिए ।
केहि दिन अगाडी एक सांसदले खेलकुद मन्त्रीलाई एन्फाले माया गरेर १७ करोड दिएको भनेर आरोप लगाएका थिए भने एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पाको अभिव्यक्ति संग पनि मन्त्रि विश्वकर्मालाई जोड्ने प्रयास भए पछी उनले संसदमा यो कुरा राखेका थिए।