काठमाडौं महानगर -१५ मा लकडाउन बाट लुजडाउनमा जादा हुने जोखिम वारे छलफल

काठमाडौं महानगर -१५ मा लकडाउन बाट लुजडाउनमा जादा हुने जोखिम वारे छलफल

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २६।

काठमाडौं महानगरपालिका वडा नं १५ लकडाउन बाट लुजडाउन हुने अवस्थामा कोभिड १९ को संम्भाबित संक्रमणलाई बाट सुरक्षित राख्नका लागि शुरक्षा सम्बन्धि निकायकाहरुसंग बैठक सम्पन्न भएको छ।

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा र वडा नं  १५ अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल अध्यक्षतामा भएको सो बैठकमा वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति कर्णेल राजेश शाही,नेपाल प्रहरी महानगरीय प्रहरी बृत्त, स्वयम्भुका नायब उपरीक्षक निरञ्जन दत्त भट्ट र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सुमनजङ्ग थापा लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा  प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले कोभिड १९ बाट बचाउन र नियन्त्रण गर्न कामपा १५ वडाले विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्यहरु गर्नु भएकोमा लाग्ने सम्पुर्ण सहयोगी, दाता , वडा सदस्यहरु, वडा अध्यक्षलाई धन्यवाद दिएका थिए ।

उनले  लुजडाउन बाट उत्पन्न हुन सक्ने कोरोना भाइरसको सम्भावित संक्रमणको अवस्था बात जनतालाई सुरक्षीत राख्न र सम्भावित समस्यालाई समेत ध्यान दिई वडालाई सुरक्षित राख्न सुरक्षा निकाय र वडा थप सक्रिय भएर लाग्न आबस्यक भएको बताएका थिए।

त्यस्तै  १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोलले कोभिड १९ को संक्रमण बाट बचाउन वडाले गरेका कामहरूको चर्चा गर्दै क्वारेन्टाइन ब्यवस्थापनमा केन्द्रिय सरकारबाट सहयोग नभए सम्म चुनौती पुर्ण रहेको हुदा र क्वारेन्टाइन व्यवस्थापन गर्न आवश्यक पर्ने कार्यमा सहजीकरण गर्न महानगरपालिकाबाट सरकारसंग अनुरोध गरेको जानकारी दिएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।