टोखा -९ की ३१ बर्षीया महिलामा कारोना संक्रमण भएको पुष्टी

 टोखा -९ की ३१ बर्षीया महिलामा कारोना संक्रमण भएको पुष्टी

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २५

चार जना संक्रमित मध्य एक जना टोखाकी रहेका छिन ।   टोखा नगरपालिका वडा नं ९  मा  ३१ बर्षीया महिलामा कारोना संक्रमण भएको पुष्टी भएको छ ।

टोखा नगरपालिकाका स्वास्थ प्रमुख रणलालका अनुसार कोरोना संक्रमित वडा नं ९ का रहेकी  छन । हाल उनको अवस्था सामान्य रहेको छ ।

स्वास्थ प्रमुखका अनुसार भोलीबाट सो स्थानमा Contract Tracing गरिने बताएका छन ।

काठमाडौंमा चार जनासंगै  भक्तपुर कमलविनायककी एक सुत्केरी महिलामा  पनि कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।