चन्द्रागिरी -५ मा पाँच सय लिटर घरेलु मदिरा नस्ट

चन्द्रागिरी -५ मा  पाँच सय लिटर घरेलु मदिरा नस्ट

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २५।

महानगरिय प्रहरी प्रभाग बलम्बुले ५ सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ १२०० लिटर नष्ट गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा न ५ स्तिथ यातायात कार्यालय  नजिक डेरा गरी बस्ने बिर बहादुर तामाङ र  माया तामाङको घरमा अवैध रुपले सञ्चालित घरेलु मदिरा  बरामद गरि  नष्ट गरेको हो ।

अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको प्रहरीले  अवैध घरेलु मदिरा नष्ट गर्दा चन्द्रागिरि नगरपालिका वडा न ५ का वडा अध्यक्ष कान्छा भाइ महर्जन पनि उपस्थित रहेका थिए ।

फोटो सौजन्य :चन्द्रागिरी न्युज

तपाइँको प्रतिक्रिया ।