तारकेश्वरमा तालिका बनाएर नियमित अनुगमन गरिरहेका छौ : उपप्रमुख भवानी डोटेल (भानु)

तारकेश्वरमा तालिका बनाएर नियमित अनुगमन गरिरहेका छौ : उपप्रमुख भवानी डोटेल (भानु)

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २४।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल (भानु ) ले नगरपालिकाको कार्य सम्पादनलाई प्रभावकारी बनाउनका लागि तालिका बनाएर  नियमित रुपमा योजना तथा बजार अनुगमन गरिएको बताएकी छन।

तारकेश्वर नगरपालिकाका ११ वटै वडामा संचालनमा रहेका योजनाहरुको अनुगमन प्रत्येक हप्ता मंगलवार र  शुक्रवार गर्दै आएको जानकारी दिदै डोटेलले योजना र बजार अनुगमनका लागि बेग्ला बेग्लै समिति गठन गरेको बताएकी छन।

  उपप्रमुख डोटेल प्रमुख रहेको  नगरपालिकाको योजना अनुगमन समितिमा प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी ,वडा नं ६ का अध्यक्ष मधु कार्की र इन्जिनियरहरु पूर्ण काजि महर्जन र कन्चन भट्ट सदस्य रहेका छन।

त्यस्तै नगरपालिकाका बजार अनुगमनका लागि उपभोक्ता हित संरक्षण मंचको नेतृत्वमा कर्मचारीको समुह रहेको जानकारी दिदै उपप्रमुख डोटेलले नगरपालिकामा संघीय,प्रदेस र स्थानीय सरकारका योजनाहरुलाई सम्पन्न गर्नका लागि नगरपालिकाले सक्रिय पहल गरिरहेको बताइन।

प्रकोप नियन्त्रण तथा रोकथाम अभियान संग संगै  आगामी आवको बजेट निर्माणमा नगरपालिका लागिरहेको बताउदै उनले नगरपालिकाको सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रमा क्वारेन्टाइन निर्माण गर्नुका साथै अन्य तयारी गरेको जानकारी दिएकी छन।

प्रकोपको प्रभाव विचमा नगरपालिकाले बनाउने बजेटमा आफ्ना सुझाव दिनका लागि अनुरोध गर्दै उपप्रमुख डोटेलले सचेत,सजग र सतर्क रहनका लागि सबै नगरवासीलाई अपिल गरेकी छन।

तपाइँको प्रतिक्रिया ।