माया भए सुन्न बुझ्न सकिने… (कविता)
कपन अनलाइन
काठमाडौं जेठ २२/ नारायण नेपाल
तिमी साथ भएदेखिन् बेग्लै यो भानमा छु म !
सारा वैँश फुलेको त्यो तिम्रो मुस्कानमा छु म !
दुनियाँ भुल्छु देखेर तिम्रो त्यो रूप के भनौं
यहाँसम्म कि आफैँ लौ आफू रहन्न जे भनौं !
अहिले पान्थ धेरैका लाग्छ बखानमा छु म,
सारा वैँश फुलेको त्यो तिम्रो मुस्कानमा छु म !
आयौ समीप औ छोयौ लियौ बाहुभरी, अनि,
ओठमा ओठ राखेर पियायौ मदिरा पनी !
(…अङ्गालो र मुवाईंको उर्जाले ज्यानमा छु म…)
जुनी-जुनी रहोस् साथ प्रेमिल ध्यानमा छु म !
सारा वैँश फुलेको त्यो तिम्रो मुस्कानमा छु म
तपाइँको प्रतिक्रिया ।