रुकुम हत्याकाण्डका दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंमा प्रदर्शन
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २१।
१ ४ औ छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा आज हालै विवादमा रहेको रुकुमका नवराज बि.क लगायत ६ जनाको हत्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बि.क. ‘हात्याकाण्डको दोषीलाई कड़ा भन्दा कड़ा कारवाहिको माग गर्दै कपनबाट सुरु गारियको र्याली काठमाण्डौ चाबहिलमा गएर कोण सभामा परिणत भएको थियो ।
सामाजिक न्यायको लागि जन आवाजको नेतृत्व गेरेका महेन्द्र सुनार, अमर बि,क, जनजाति प्रतिष्ठानको सदस्य लम्जम शेर्पा, दलित आयोगका पुर्व सदस्य सचिव सिताराम घले परियार, एकीकृत बिश्वकर्मा समाज केन्द्रीय उपाध्यक्ष संगम गहतराज ,समाज सेवी रमेश सुनार, राजकुमार दर्नाल लगायतको सहभागितामा सयौले प्रदर्शन गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले नेपाली समाज माथि गम्भीर प्रश्न उठेको भन्दै जातको आधारमा एकै दिन छ जना मान्छे मार्ने कस्तो नियम हो ? भनि प्रश्न गरेका थिए भने जातको आधारमा यस्तो अमानवीय जातिय सामाजिक अपराध गर्ने अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन सबै न्याय चाहने जनसमुदाय र बर्ग एक भई अघी बढ्नु अहिलेको आवश्यकता रहेको कुरा बताएका थिए ।
सामाजिक न्यायको लागि न आवाजका संयोजक महेन्द्र सुनारका अनुसार पश्चिमरुकुम नरसंहार घटनाको समावेसी संसदीय छानबिन समिति गठन गर्नुपर्ने, जातिय दमन बन्द गर्नुपर्ने, राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने, सम्पूर्ण उतपीडित जनसमूदायहरु एक भई पीडितलाई न्याय र पीडकलाई हदै सम्मको सजाय गर्नुपर्ने र सबै न्यायप्रेमी जनसमुदायहरु एक भई अगाडि बढ्नुपर्ने लगायतका मागहरु नारामा समावेस गारिएको थियो ।फोटो सौजन्य :राज बराइली