कहाँ पुग्यो कपनमा खानेपानीको काम ?

कहाँ पुग्यो कपनमा खानेपानीको काम ?

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २० /बद्री भट्टराई

२०७६ साल मंसीर २३ गते एक विशिष्ट भेलाको आयोजना गरिएको थियो । स्थानीय सरकारलाई स्मरण गराउन चाहान्छु । बुनपाका जिम्मेवार नेताहरु लगायत १०,११, १२ का वडा अध्यक्ष सहित स्थानीयहरुको वाक्लो उपस्थितीमा भएको भेलामा प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका डा.राजन भट्टराईको समेत उपस्थिती थियो ।
स्थानीय सरकारका प्रमुखहरुले सम्भवत : यो मिति र सो भेलाका टिप्पणीहरुलाई ख्याल नगरेको हो वा सोहि अनुरुप कार्य भइरहेका कारण निश्चििन्त भएर बस्नु भएको हो ,त्यो भने परिणाम आएपछि मात्रै थाहा हुने छ ।
काकाकुल कपनको खोनपानी समस्याको समाधान भइसकेको भन्दै निकै ठुला र चर्का भाषण अनि प्रचारवाजी नभएका पनि होइनन । हालका अर्थमन्त्रीज्यूको ठुलो निगाहमा बजेट परेको भन्दै प्रचार पनि भएको हो । सायद प्रचार जायज पनि थियो ।तर,आज २०७७ साल जेष्ठ २० मा आइपूग्दा तत समयमा भएका जोशिला तर्कहरु अनुसार काम भयो ? कपनको दवाव पुग्यो ? के अब केहि महिनामा कपनका सडकहरुमा ८ इन्च भन्दा ठुला पानीका पाइपहरु विच्छदैछन ?

के कपनका जनताले मेलम्चीको पानीको स्वाद पाउछन ? यस्ता तमाम प्रश्नहरुको जवाफ अब सरकारी सयन्त्र, ठेक्का पाउने ठेकेदार अनि प्राविधिकहरुको टाउकोमा दोष थुपारेर भाग्न खोज्नेहरुलाई जनतलाई चिन्नु जरुरी छ ।

स्मरण गराउनु जायज ठान्दछु । उक्त भेलामा विवादित शैलुङ्ग कन्सट्रक्सनका प्रतिनिधीले भन्दा पिआइडिका प्रमुख लगायतका उच्च तहका प्रशासकहरुले कामहुने कुरामा विश्वस्त रहन कपनवासीलाई भनेका थिए ।

नागरीकहरुले कन्सट्रक्सन कम्पनिले काम गर्न नसक्ने र काम पनि गुणस्तरीय गर्न नसक्ने भएकाले वेलैमा निर्णय लिन गरेको आग्रहलाई केहि स्थानीय राजनीतिकर्मी लगायत उच्च नेतृत्वले काम जसरी पनि हुने भन्दै शैलुङ्गको वचाव पनि गरेका थिए ।
६ महिना वितिसकेको छ । १ अर्ब ४० करोड बजेटको उक्त कार्य सम्पन्न हुन अब १६ महिना बाँकी छ । यो ६ महिनाको विचमा हुनुपर्ने के के कार्यहरु सम्पन्न भए । यसको जानकारी जनतालाई कसले गराउछ । अब १६ महिना भित्र बाँकी कार्य सम्पन्न हुन सक्छ ? प्राविधिक दृष्टिकोणले निकै ग्राहो हुन्छ ।

यो लकडाउनको करिब ६५ दिनमा काठमाडौका धेरै ठाँउमा निकै विकासका कार्यहरु सम्भव भए । कपनको काकाकुल जनताको पानी जस्तो विषयमा कस्ता कार्यहरु सम्भव भए । पिआइडीका प्रमुखलाई कसले प्रश्न गर्ने ? शैलुङ्ग कन्सट्रसनको पक्षमा वकालत गर्ने सरकार र जनप्रतिनिधीहरुलाई कसले प्रश्न गर्ने ? कपनको काकाकुल जनताको घरमा पानी कहिले आउछ ?
१ अब ४० करोड रुपैयाको योजनाको सम्पूर्ण विवरणहरु , चोक, चोकमा होडिङ्ग बोर्ड राखेर, फेक्ल्स तथा व्यानर टाँगेर कामको पारदर्शिता देखाउछौ भन्ने प्रशासकहरुले अब के जवाफ दिने ? के यो कार्य भएको छ ? यस प्रति खबरदारी कसले गर्ने ?

विना कुनै दवाव यो समाजमा कार्य हुने व्यवस्था आउन अझै केहि वर्ष लाग्छ । यस कारण दवाव र सहयोग दुवै हुनु जरुरी छ । हदभन्दा माथी रहेर कपनवासीले गरेको सहयोगलाई पिआइडीले अनि राज्यका उच्च संयन्त्रले वेवास्ता गरेको हो भने , त्यसको उचित जवाफ दिन कपन तयार रहन सक्नुपर्छ ।
कपनको स्थानीयवासीहरु पानीको हाहाकारका लागि आफै–आफै पाँउठेजोरी खेलेर बस्ने समाचार पनि सायद कसैलाई नयाँ पक्का लाग्दैन ।
पानीका केहि थान पाइप र केहि थान फिरबलमा समेत दलको सक्रियता देखाउन खोज्ने , केहि समान्य प्रकारका वोरिङ्ग देखी, केहि थान धाराहरुको जडानमा पनि आफनो प्रभाव देखाउन खोज्ने प्रचलनमा हाम्रा लागि नयाँ होइनन ।

यस्तो अवस्थामा अर्ब भन्दा माथिको रकममा आफ्नो दल र नेताको भजन गाउनु समान्य विषय हो । तर जब समस्या जस्ताको तस्तै रहन्छ । त्यस प्रतिको जिम्मेवारी लिने प्रचलन नहुँदा र खबरदारी नहुँदा कपन सबैथोक भएको रित्तो भाँडो जस्तो बनिरहेका छ । यसलाई भर्ने जिम्मेवारी पनि यहाँको जनताको नै हो ।

जनताले विश्वाश गरेका समाजिक अगुवाहरुको नै हो । समाजिक अगुवाहरु राजनैतिक कित्तामा मात्रै सिमित रहने हो भने यहाँको समस्या समाधान सम्भव छ । आफ्नो गाँउ, ठाँउ र स्थानका विषयमा हाम्रो एकता किन हुदैन यो प्रश्न सदैव उठ्दा पनि जवाफ दिन नसक्नु हाम्रो समाजको कमजोरी हा्े ।

हाम्रो यहि कमजोरी अनि विकासका सन्र्दभमा हुने हाम्रो मतविभाजन नै उच्च प्रशासकहरुका लागि सञ्जिवनी बुटि बनिरहेका छ । ठेकेदार अनि सरकारमा रहने उच्च पदका नेताहरुलाई राजनैतिक दाउपेज बलियो बनाउने आधार बनिरहेको छ ।

एउटा ३ इन्चको पाइप अनि, केहि थान सकेट र फिरबोलका लागि टोलसुधार समितिका प्रतिनिधी र वडाका प्रतिनिधीहरुको दौडधुप हेरेर मात्रै बस्नु हाम्रो लाचारीपन हो ।
अत : कपनको खानेपानी व्यवस्थापनका लागि विनियोजित १ अर्ब ४० करोड रुपैयाको बजेटको काम काँहा पुग्यो ? के हुदैछ ? पिआइडिका उच्च प्रशासक यहाँका नेता तथा सांसदज्यूहरु, स्थानीय सरकारलाई घच्घचाउने कार्य जनताको नै हो । समाजिक अगुवाहरुको नै हो ।
जनता जागे मात्रै काम हुन्छ । जनता सचेत भए मात्रै विकास सम्भव छ । राजनैतिक दलहरुको चेपुवामा बसेर विकास र पानीका लागि पनि बोल्न नसक्ने समाजिक अगुवाहरु समाजमा हुनु र नहुनको अर्थ रहन्न ।
तर्सथ पिआइडि तिम्रो योजना काँहा पुग्यो ? शैलुङ्ग कन्सट्रक्सन के काम गर्दैछ ? कामको पारदर्शिता खै ? स्थानीय सरकार तिमिलाई गरेको विश्वाश यहि हो ? उच्च राजनैतिक नेतृत्व हाम्रो पानी खाने इच्छा पुरा गर्ने क्षमता छ कि छैन ? यो प्रश्नहरु बोकेर विकासका लागि हातेमालो गरौ । पानीको समस्या समाधान गरौ ।

तपाइँको प्रतिक्रिया ।