नेपालको नयाँ नक्सा जारी गरिएको प्रति समुन्नत महिला मन्च नेपालले एक्यबद्धता जनाउदै संकलित हस्ताक्षर कागेश्वरी मनोहरा नगरपालिकामा बुझायो
कपन अनलाइन
काठमाडौं जेठ १८। नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा जारी गरिएको प्रति समुन्नत महिला मन्च नेपालले एक्यबद्धता जनाउदै संकलित हस्ताक्षर आज कागेश्वरी मनोहरा नगरपालिकामा बुझाइएको छ ।कागेश्वरी मनोहरा नगरपालिका ८ मा रहेको सम्मुनत महिला मन्च नेपालले शनिबार कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको सिमाना शिवचोकमा एक्यबद्धता सहित हस्ताक्षर अभियान संचालन गरेको थियो ।
लकडाउनमा सामाजिक दुरी कायम गरि गरिएको कार्यक्रमको अध्यक्षता सम्मुनत महिला मन्च नेपालकि अध्यक्ष शोमा खत्रीले गरेकी थिइन् ।सम्मुनत महिला मन्च नेपालका पदाधिकारी सहितको उपस्थितिमा सरकारले जारी गरेको नक्सालाइ एक्यबद्धता जनाउदै हस्ताक्षर सहित सरकारको सो कदमको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरिएको थियो। उक्त हस्ताक्षरित नया नेपालको नक्सा आज सम्मुनत महिला मन्च नेपालकि अध्यक्ष सोमा खत्री सहितको टोलीले कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापालाइ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
हस्ताक्षरित नया नेपालको नक्सा बुझाउदैसम्मुनत महिला मन्च नेपालकि अध्यक्ष सोमा खत्री ‘नेपालको नक्सा सार्वजनिक भए संगै सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण भएको बताइन। ’ उनले अब नेपाल सरकारले भुमि पनि फिर्ता ल्याउनको लागि भारत संग कुटनीतिक तवर बाट समस्या समाधान गर्न सफल होस् र त्यसमा कागेश्वरी मनोहरा नगरपालिकाले पनि भूमिका खेल्न सकोस भनि शुभकामना ब्यक्त गरेकी थिइन् ।उनले उक्त अभियान मा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।हस्ताक्षरित नेपालको नया नक्सा बुझ्दै नगर प्रमुख कृष्णहरि थापाले आयोजकहरु प्रति खुसि ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रममा नगर उप प्रमुख बिन्दु सिंखडा पुडासैनीको पनि उपस्थिति रहेको थियो ।