बुढानिलकण्ठ पदयात्रा (Hiking) समुह गठन
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
“स्वस्थ बुढानिलकण्ठवासी , सबै चुस्त सबै खुसी ” भन्ने मुख्य उदेस्य राखेर बुढानिलकण्ठ पदयात्रा (Hiking) ) समुह गठन भएको छ।
बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका तारेभिर क्षेत्रको भ्रमण पश्चात बुढानिलकण्ठ – ११ को कपन भिलेज रिसोर्ट (KVR) मा भएको भेलाले राजन पोखरेलको अध्यक्षतामा उक्त समुह गठन गरेको हो।
प्रातकालीन भ्रमणको प्रवर्धन गर्दै स्वस्थ नागरिक बनाउनुका साथै विविध सामाजिक गतिविधिहरु संचालन गर्ने उदेस्यले स्थापना भएको सो समुहको उपाध्यक्षमा जगत प्रसाद निरौला (जे ड्याडी ) ,सचिवमा सन्तोष लुइँटेल र कोषाध्यक्षमा कुमार खड्का रहेका छन।
त्यस्तै सो समुहको सदस्यमा हरिराम ढुंगाना ,पुरुषोत्तम नेपाल ,कृष्ण भट्टराई ,केशव गुरुङ ,रामशरण सापकोटा सदस्य रहेको समुहको सल्लाहकारमा वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,धुर्वराज न्यौपाने , जीवन राई ,डेन्डी शेर्पा र पुन्यराज पुडासैनी रहेका छन।
यस समूह मार्फत विभिन्न स्वास्थ्य सचेतना तथा अन्य सामाजिक गतिविधिहरु संचालन गर्दै बुढानिलकण्ठ नगरपालिकामा प्रातकालिन भ्रमणको संस्कारलाई प्रवर्धन र विस्तार गर्नका लागि समुह गठन भएको अध्यक्ष पोखरेलले जानकारी दिएका छन।सो समुहको सदस्यता विस्तार तथा अन्य योजनाहरु निर्माण गरि सार्वजनिक गरिने जानकारी दिदै उनले सो समुहमा जो सुकैले योगदान दिनसक्ने बताएका छन।
फोटो सौजन्य :हरिराम ढुंगाना