यस्ता पनि घरबेटी !(लघुकथा)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५ /जी नेपाल
आज बिहानै ६ बजेतिर ढोका ढकढक गर्यो को आएछ भनेर ढोका खोल्न गको घरबेटी दाइ रैछन,मधुरो बोलिमा बिल थमाएर गए ! उनले १,२ युनिट बिजुलीको पैसा सधैं बढी लिने गरेका छन ,अनि मोटर बाट पानी माथी तानेको ,तल खसालेको लगायत सबै पैसा लिन्छन , त्यो सबै जोडेर ल्याएका रहेछन ! २९ दिन सम्म ठोक्किदा नि नबोल्ने आज भने पुरै प्रसन्न मुद्रामा थिए,अफिस के छ अब यसरी सधै कहाँ चल्छ ,अफिस त खोल्नु पर्यो नि भन्दै थिए ,यो एक दिन चै राम्रै सोधिखोजी नि गर्छन !
सधै बिहान् म ५,६ बजेतिर उठिसक्छु ,उठेर नित्य कर्म गरौ भनेर जादा पानी हुँदैन,त्यतिबेलै उनले आफ्नु आयु बढ्ने गरि गाली खाइसकेका हुन्छन,सुलसुले जस्तै छन थाहा पाए जत्तिकै एकछिनमा पानी खोल्दिन्छन ।कहिलेकाही दिउँसो चै गार्हो पर्यो र पानी थापेको छैन भने चै आपतै पर्छ !
बिहान् बेलुका दुइचोटी कटुवाल (पहाड तिर सुचना प्रबाह गर्ने पदवी) ले जत्तिकै चिच्याउदै पानी थापौ है पानी थापौ भन्दै हिड्नु उस्को दिनचर्या भैसक्यो !
गेट कसैले खोल्दा बज्यो भने माथीबाट चिच्याउनु उनको दैनिकी हो !
प्राय काम पर्दा गेट खोलेर हामी बाहिर निस्कन पाको छैन आयेर चाबी झुण्ड्याइ हाल्छन ! अस्ति त झन्डै आधाघण्टा बाहिर बस्न बाध्य पर्यो मोबाइल बोक्न बिर्सेछु ,धन्न छोरिले सुनिछ र आमालाई ढोका खोल्न अर्हाई !
बुढी जहिल्यै अब त अर्को ठाउँ सर्हौ भन्छे म भने काठमाडौका घरबेटीको अनुहार फरक होला तर व्यबहार उहीँ हो भनेर सम्झाउने गरेको छु !
अहिलेको यस्तो आपतकालमा पनि उनि एउटा कुरामा चुस्त छन बिल भने समयमै ल्याइपुर्याउछन !