टोखा नगरपालिकालाई तिब्बतको नाग्छु नगरपालिकाको स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५।
तिब्बतको नाग्छु नगरपालिकाले काठमाडौंको टोखा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीलाई नाग्छु नगरपालिकाका उप प्रमुखले उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका थिए।
केहि समय अगाडी टोखा नगरपालिकाका प्रमुख अधिकारीले तिब्बतको सो नगरपालिका भ्रमण गरी भगनी सम्बन्ध स्थापनाको पहल शुरु गरे पश्चात निरन्तर संवादमा रहेको सो नगरपालिकाले कोरोना प्रकोप विरुद्ध लडिरहेको टोखा नगरपालिकालाई सहयोग गरेको थियो।
चीनको वुहानमा कोरोना प्रकोप शुरु भए संगै टोखा नगरपालिकाले गर्न सहयोगका वारेमा सो नगरपालीकालाई बिधुतिय पत्राचार गरेको स्मरण गर्दै टोखा नगरपालिका प्रमुख अधिकारीले उनीहरुले सो प्रस्तावका धन्यवाद दिएको बताए।
त्यस पश्चात उक्त नगरपालिकाले नेपालमा कोरोना फैलिए संगै निरन्तर चासो र चिन्ता प्रकट गर्दै आएको बताउदै प्रमुख अधिकारीले उक्त नगर संग भगिनी सम्बन्धका लागि प्रदेस सरकारको निर्णय र संघीय सरकारको स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिएका छन।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, प्रवक्ता बच्चु बस्याल लगायत टोखा नगरपालिकाका जनप्रतिनिधिहरु र नाग्छु नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको अवसरमा दुई करोड वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित भैरहेको वर्तमान संकटपूर्ण अवस्थामा स्वास्थ्य सामाग्री प्रदान गरेर सहयोग गरेकोमा टोखा नगरपालिकाको टोली तिब्बतको नाग्छु नगरपालिकालाई धन्यवाद दिदै भन्सार प्रक्रिया पुरा गरेर काठमाडौं फर्किएको थियो।