कोरोना संक्रमित ब्यक्ति तथा परिवारलाई अपराधी सरह तिरस्कृत नगरी मानवीय व्यवहार गर्न वडा अध्यक्ष श्री कुमार श्रेष्ठको अनुरोध

कोरोना संक्रमित ब्यक्ति तथा परिवारलाई अपराधी सरह तिरस्कृत नगरी मानवीय व्यवहार गर्न वडा अध्यक्ष श्री कुमार श्रेष्ठको अनुरोध

कपन अनलाइन

काठमाडौँ, जेठ १४। गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस बाट त्रसित नभई सतर्कता अपनाउन सम्पूर्ण वडा बासीलाई अनुरोध गरेका छन। उनले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन ।

उनले वडाका एक व्यक्तिमा संक्रमण देखिए संगै त्रसित बनेका वडावासीहरुलाई विशेष अनुरोध गर्दै कोरोना संक्रमण जो कोहीलाइ हुन् सक्ने भन्दै संक्रमित ब्यक्ति तथा परिवारलाई मानवीय व्यवहार गर्न अनुरोध गरेका हुन ।उनले  त्यस्ता व्यक्तिलाई अपराधी सरह तिरस्कृत नगर्न पनि बिशेष अनुरोध गरेका छन ।उनले  कोरोना संक्रमित भई हाले पनि आत्तिनु पर्ने ,डराउनु पर्ने,छि छि दुर दुर गर्नुपर्ने देखिंदैन। संक्रमितको मनोबल उच्च बनाउनु पर्ने र  हतोत्साही हुने काम नगर्न पनि अनुरोध गरेका छन। उनले सकरात्मक सुझाव सहित ,उच्चमनोवल बढाउन सहयोग पुर्याउने काम गर्न  पनि अनुरोध गरेका छन्।

उनले अब कोरोना बिरुद्दसचेत भएर लड्न जरुरी रहेको बताउदै हाल सम्म कोरोना भाईरस विरुद्ध कुनै खोप तथा औषधि  नबनेको हुँदा त्यस बाट बच्ने उत्तम उपाय नै  लक डाउन भएको हुँदा त्यसलाई पूर्ण रुपमा पालना गर्नुपर्ने बताए। उनले   अत्यावश्यक काम बाहेक घर बाट ननिस्किन..घर मै सुरक्षित रहन पनि अनुरोध गरेका छन ।त्यस्तै उनले गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कोरोना देखिएका संक्रमित व्यक्तिको सम्पर्कमा आएका ७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताए ।नेपाल मेडिकल कलेजमा Isolation मा रहेका उनीहरुलाई जनप्रतिनिधिको रोहवरमा घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै पठाइएको  पनि बताए ।

तपाइँको प्रतिक्रिया ।