भक्तपुरमा एक महिला द्वारा आफ्नै नवजात शिशुको हत्या

भक्तपुरमा  एक महिला द्वारा आफ्नै नवजात शिशुको हत्या

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४ ।

भक्तपुरमा लकडाउनका कारण पाल्न नसकेको भन्दै एक महिलाले आफ्नै नवजात शिशुको हत्या गरेकी छन् ।

उदयपुर घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका– ६, घलाते बस्ने २२ वर्षीया रमिला राईले शिशुको हत्या गरेकी हुन् ।  उनलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन लगत्तै श्रीमान मिलन मगर बेपत्ता भएको र खानेकुरा नभएका बेला बच्चा जन्मिएकाले हत्या गरेको रमिलाले प्रहरीसँगको बयानमा बताएकी छन् । उनको पहिलो सन्तान छोरी २१ महिनाकी छन् ।

रमिला र मिलन श्रीमान श्रीमती नै मजदुरीको काम गर्ने र लकडाउनसँगै मजदुरी गुमेका कारण खानेकुराको अभाव भएको रमिलाले बताएकी छन् । लकडाउनकै बेला श्रीमान फरार भएको र अर्को बच्चा समेत जन्मिएकाले आफूले बाध्य भएर घटना गराएको दाबी उनको छ ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले दुई सन्तानको पालनपोषण गर्न नसक्ने ठानेर शिशुको हत्या गरेको बयान रमिलाले दिएकी छन् । उनले बच्चा जन्मिने बित्तिकै मुखमा कपडा कोचेर हत्या गरेको र झाडीमा फालेको बताएकी छन् ।

स्थानीयले फोहोर फाल्ने क्रममा सालनालसहितको शिशु मृत अवस्थामा देखिपछि प्रहरीमा खबर गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।