काठमाडौं क्षेत्र नं ४ का पुराना बामपन्थी नेता चक्र बहादुर श्रेष्ठको निधन

काठमाडौं क्षेत्र नं ४ का पुराना बामपन्थी नेता चक्र बहादुर श्रेष्ठको निधन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४ ।

काठमाडौं क्षेत्र नं ४ का पुराना बामपन्थी नेता चक्र बहादुर श्रेष्ठको निधन भएको छ।सिन्धुली जिल्लामा जन्मिएर लामो समय देखि नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर योगदान दिएका श्रेष्ठको जेष्ठ १४ गते बिहान ५ बजे निधन भएको हो।

हाल नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेस कमिटिको सल्लाहकार रहेका श्रेष्ठ पुर्व नेकपा एमालेको केन्द्रिय विभागका सदस्य रहेका थिए।राजनीति संग सगै सहकारी र स्वास्थ्यको क्षेत्रमा योगदान दिएका श्रेष्ठले काठमाडौं क्षेत्र नं ४ को विकास र सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रतिकुल स्वास्थ्य र उमेरका बावजुद पनि  श्रेष्ठको सक्रिय रहने उर्जा र प्पहल युवा पुस्ताको लागि प्रेरणादायी रहेको उनि संगै लामो समय राजनीतिक यात्रा गरेका एक सहयात्रीले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।