बुढानिलकण्ठका संक्रमित भन्छन “कोरोना जितेर फेरी जनसेवामा फर्कन्छु”

बुढानिलकण्ठका संक्रमित भन्छन  “कोरोना जितेर फेरी जनसेवामा फर्कन्छु”

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १३ ।

कोरोना संक्रमित रहेका  बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का ३७ वर्षीय व्यक्तिले आफुमा कोरोना जित्ने आत्मबल रहेको भन्दै त्यसलाई परास्त गरेर पुन जनताको सेवामा फर्कने बताएका छन।

रास्ट्रिय प्रयोगशाला टेकुमा उपचाररत रहेका उनले कपन अनलाइन संगको टेलिफोन  कुराकानीमा आफुलाई हाल सम्म कुनै समस्या आएको बताउदै भाइरस संग लड्ने आत्मबल बढेको बताएका हुन्।

लकडाउन शुरु भए देखि नै निरन्तर रुपमा अहोरात्र विरामी ,अशक्त र असहाय व्यक्तिहरुलाई अस्पताल र अन्य स्थानमा ओसार पसार गर्ने सामाजसेवी कार्यमा वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठको दरिलो सारथी बनेका उनले आफुमा संक्रमण देखिए पछी पुर्व प्रधानमन्त्री माधव कुमार  नेपाल,झलनाथ खनाल र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित विभिन्न व्यक्तित्व र शुभचिन्तकहरु मार्फत विभिन्न माध्यम बाट पाएको शुभेक्षाले कोरोना विरुद्ध लडन झन् उर्जा दिएको बताए।

कोरोना संक्रमित व्यक्ति सकारात्मक सोच भएका  परोपकारी व्यक्ति भएकोले उनलाई संक्रमणले असर नपार्ने विस्वास व्यक्त गर्दै  वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले उनको मनोबल बढाउन सबैले सहयोग पुर्याउनु पर्ने बताएका छन।

विभिन्न क्षेत्रका फरक आवस्यकता भएका  करिव १५ सय व्यक्तिहरुलाई सेवा पुर्याउने अभियानका आफ्ना सहयात्रिमा संक्रमण देखिए पनि आफ्नो  PCR नतिजा नेगेटिभ आएको जानकारी दिदै अध्यक्ष श्रेष्ठले उनको अनुपस्थितिमा जनसेवामा उनको योगदानको अभाव भएको महसुस गरेको बताएका छन।

कपन अनलाइन संग निकै सहज रुपमा टेलिफोन सम्वादमा प्रस्तुत भएका ति संक्रमित व्यक्तिले प्रकोप विरुद्धको लडाईंमा सक्रिय रहेका अग्र मोर्चाका सहयात्री तथा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिदै चाडै जनसेवाको मोर्चामा सहभागी हुने विस्वास रहेको बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।