सिमानाका रक्षकलाई लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को सुरक्षा पोस्ट

सिमानाका रक्षकलाई लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को सुरक्षा पोस्ट

कपन अनलाइन

झापा ,जेष्ठ १३।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले नेपालको सिमानाको रक्षामा  योगदान पुर्याइरहेका  शशस्त्र सिमा सुरक्षा बलका लागि निर्माण गरिएका  १२ वटा सुरक्षा पोस्ट हस्तान्तरण गरेको छ।

नेपाल भारतको सीमानामा लायन्स क्लबले शसस्त्र सीमा सुरक्षा बललाइ स्थायी सीमा सुरक्षा पोस्ट हस्तान्त्रण गरेको छ । सरकारले  नेपाल प्रहरी र शसस्त्र प्रहरीलाइ नेपालको दक्षिणी सीमा क्षेत्रमा खटाए संगै उनीहरुको बसाइ व्यवस्थापनका लागि निर्माण गरिएका पोस्ट  लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फर्स्ट भाइस डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन  रेवत बहादुर कार्कीले  हस्तान्तरण गरेका थिए।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का लायन्स क्लव अफ  दमक, उर्लाबारी, बिराटनगर र काठमाण्डौका गरी १२ वटा  क्लवको पहलमा  निर्माण गरेका पोस्ट सोमबार गौरीगंज २ लालमतिमा भएको र्कायक्रममा हस्तान्तरण गरिएको थियो ।

 क्षेत्रमा सीमा सुरक्षा लागि खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन पोख्रेललाइ पोस्ट हस्तान्तरण गर्दै लायन लिडर  कार्कीले झापा देखि काठमाण्डौ सम्मका लायन्सक्लबहरु मिलेर यस्तो संकटको अवस्थामा सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई  सहज होस् भन्ने हेतुले क्लबहरु मिलेर पोष्ट निमार्ण गरीएको बताएका छन।

 नेपाल भारतको सीमा सुरक्षाको लागि माइ पश्चिमबाट हरेक दुइ देखि ३ किलोमिटरको दूरीमा करीब चार लाखको लागतमा ७ वटा पोष्ट निमार्ण गरीएको  छ  ।सुरक्षा पोष्ट हस्तान्त्रण कार्यक्रममा प्रदेस नं १ का राज्यमन्त्रि सहित   दमक, लखनपुर, गौरादह र उर्लाबारीका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो

तपाइँको प्रतिक्रिया ।