ग्रान्डी अस्पतालमा उपचाररत पुरुषमा कोरोना भेटिए संगै अस्पताल सिल गर्ने तयारी

ग्रान्डी अस्पतालमा उपचाररत पुरुषमा कोरोना भेटिए संगै अस्पताल सिल गर्ने तयारी

कपन अनलाइन

काठमाडौं , जेष्ठ १०।

शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ।

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको कोरोना संक्रमणको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएका जानकारी दिएका थियो।

तपाइँको प्रतिक्रिया ।