टोखा नगरपालिकामा चार जनाको RDT पोजिटिभ

टोखा नगरपालिकामा चार जनाको RDT पोजिटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमितको खोजि कार्य गर्ने क्रममा शुक्रबार एक भारतीय नागरिक सहित चार जनामा आरडीटी पोजिटिभ देखिएको छ ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार २१ जनामा गरिएको आरडीटी परीक्षणमा १ जना भारतीय नागरिक सहित २ जना टोखा-६ का एकै घरका श्रीमान श्रीमति रहेका छन् भने अर्का एकजना पाँगा कीर्तिपुर निवासी महिला रहेकी छन् ।

आरडीटी पोजिटिभ देखिएका भारतीय नागरिक भारतबाट मालबाहक गाडीबाट सामान लिएर टोखा-३ स्थित स्टार टाउनमा हिजोबेलुका आइपुगेका थिए । तीनिहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

गत बुधवार टोखा नगरपालिकाले नगरभरीका ११ वटै वडाका ५०३ जनामा आरडीटी परीक्षण तथा २९३ जनामा पीसीआरबाट स्वाब संकलन गरिएको थियो । जसमध्य ५०३ जनामध्य १३ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । २९३ जनाको संकलित स्वाब पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पाइएको छ नतिजा आउन बाँकी रहेको छ ।

आइतबार पनि परीक्षण गरिने

टोखा नगरपालिकाले आइतबार थप कोरोना भाइरस संक्रमित पहिचान गर्नका लागि आरडीटी र पीसीआर परीक्षण गर्ने भएको छ ।

जसमा बढि जनसम्पर्कमा आउनेहरु खाद्यान्न किराना पसल तथा तरकारी व्यवसायी, स्थानीय निकार्यका कर्मचारी, स्वयं सेवक लगायतको परीक्षण गरिने छ ।

तपाइँको प्रतिक्रिया ।