सालिन मन्त्री जगत बहादुर विश्वकर्माका शानदार काम

सालिन मन्त्री जगत बहादुर विश्वकर्माका शानदार काम

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा निकै कम बोल्ने तर काम गतिलाई निरन्तर जारि राख्ने मन्त्री मध्येमा पर्दछन।नेपालको खेलकुदको क्षेत्रमा स्वर्ण अक्षरले लेखिने गरि ठुला ठुला प्रतियोगिताहरु सफलता पुर्वक सम्पन्न गर्ने गहन जिम्मेवारीको नेतृत्व गरेका मन्त्री विश्वकर्मा प्रचारमा भन्दा पहलमा विस्वास राख्ने मन्त्री हुन्।

नेपालको खेलकुद क्षेत्रमा एक दुई पदक जित्दैमा कुखुराले अन्डा पार्दा गाउँ नै हल्लाए झै प्रचार गर्ने परम्परा तोड्दै मन्त्री विस्वकर्मा ऐतिहासिक उपलब्धि प्राप्त गर्दा पनि हजार फुल पार्दा पनि कसैले थाहा नपाउने माछा झै शान्त तर लक्षमा अविश्राम रहेका छ्न।

२०३१ शाल जेष्ठ ५ गते पोखरा महानगरपालिका वडा -१९ को लामाचौरमा जन्मेका उनले तत्कालीन नेकपा एमालेको वडा तह देखी बैकल्पिक पोलिटब्युरो सदस्य सम्मको जिम्मेवारी बहन गरेका छन। प्रतिकुल सामाजिक मनोविज्ञान  र कठोर चुनौतीलाई पराजित गरेर नेपालको राजनीतिमा स्थापित भएका मन्त्री बिस्वकर्माले पछिल्लो चरणमा खेलकुद ऐन ल्याएर नेपालको खेलकुद क्षेत्रमा जमेका गलत पात्र , प्रवृत्ति र प्रणालीको सुदृढीकरण अभियान शुरु गरेका छन।

१३ औ साग खेलकुद , आठौ राष्ट्रिय खेलकुद सफलता पुर्वक सम्पन्न गर्ने जिम्मेवारी बहन गरेका मन्त्री बिस्वकर्माले नेपाल ओलम्पिक कमिटी र क्यान विवाद समाधानमा निर्णायक भुमिका खेलेका थिए ।

हाल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का केन्द्रिय सदस्य तथा दलित मुक्ति मोर्चाका इन्चार्ज रहेका मन्त्री बिस्वकर्माले प्रस्तुत गरेको खेलकुद ऐन संसद बाट पारित भै सकेको छ। सो ऐनले नेपालको खेलकुद क्षेत्रको संस्थागत विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने धारणा राख्दै आएका मन्त्री विस्वकर्माले अवको केन्द्रिय लक्ष्य पुर्वाधार विकासगर्दै प्रतिस्पर्धाका लागी खेलाडी उत्पादन र खेलकुद गतिविधि रहेको बताउदै आएका छन।

कास्की जिल्लाको निर्वाचन क्षेत्र -३  बाट प्रतिनिधि सभामा निर्वाचित बनेका मन्त्री विस्वकर्मा २०७४ चैत्र २ गते देखी नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री रहेका छन। २०४९,२०५९ र २०६२/६३ गरि तिन पटक जेल जिवन बिताएका मन्त्री विस्वकर्माले त्रिभुवन विस्वबिध्या लय बाट राजनिती शास्त्रमा स्नातकोत्तर गरेका छ्न।

तपाइँको प्रतिक्रिया ।