इ- भोटिंग मार्फत लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नयाँ नेतृत्व चयन हुने

इ- भोटिंग मार्फत लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नयाँ नेतृत्व चयन हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को इ- भोटिंग(E-Voting) मार्फत भोलि जेष्ठ १० गते नयाँ नेतृत्व चयन हुदैछ।कोरोना प्रकोपका कारण लकडाउनको अवस्थामा लायन वर्ष २०२०/२१ का लागि लायन पवन कुमार शर्माको सहयोगमा तयार पारिएको सर्भर मार्फत ५९८ जना आधिकारिक मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन।

इ- भोटिंग(E-Voting) मार्फत भोलि विभिन्न क्लवले छनौट गरेका भोटरहरुले पूर्ण गोप्यता कायम गरेर मतदान गर्ने लायन लिडर अनन्त भेटवालले जानकारी दिएका छन।भोलि जेष्ठ १० गते बिहान ७.३० बजे सम्म छनौट भएका मतदाताले आफ्नो मोबाइल नम्बर सहित क्रेडियंसियल फर्म (Crediantial Form ) भरि सक्नु पर्ने बाताउदै लायन लिडर भेटवालले त्यस पश्चात प्राप्त हुने लिंक भित्र गएर मतदान गर्न सकिने जानकारी दिएका छन।

लायन्स क्लव इन्टरनेसनलको नियम अनुसार १ वर्ष १ महिना १ दिन समय पुरा गरेका सदस्यहरुले मात्र मतदान गर्न पाउने भएकोले डिस्ट्रिक ३२५ ए १ को कट लिस्ट अनुसार लायन वर्ष २०२०/२१ का लागि ५९८ जना मतदाता रहेका छन।

लायन क्लवको मतदाता १०: १ को शंख्यामा छानिन्छ भने थप ५ सदस्य भएमा १ जना मतदाता जोडिने प्रावधान रहेको छ।उदाहारणका लागि कुनै क्लवको २४ जना सदस्य भएमा २ जना मतदाता हुनेछन भने त्यो शंख्या १५ भएमा तिन जना मतदाता हुनेछन।

विभिन्न चरणको परिक्षण पश्चात इ- भोटिंग(E-Voting) मार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको बताउदै लायन लिडर अनन्त भेटवालले एक पटकमा एक मत मात्र हाल्न सकिने र यो पूर्ण गोप्य हुने जानकारी दिएका छन।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नेतृत्वका लागि टंक बहादुर श्रेष्ठले  डिस्ट्रिक गभर्नरमा  र रेवत बहादुर कार्कीलेफर्स्ट  भाइस    डिस्ट्रिक गभर्नरमा १०० प्रतिसत यस भोटको लागि अपिल गरेका छन भने लायन कर्मा गुरुङ र दिपेन्द्र शाक्य सेकेन्ड भाइस    डिस्ट्रिक गभर्नरका लागि चुनावी मैदानमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।