टोखा नगरपालिकामा ७ सय ५३ जनाको परिक्षण, १३ जनामा RDT पोजिटिभ

टोखा नगरपालिकामा ७ सय ५३ जनाको परिक्षण, १३ जनामा RDT पोजिटिभ

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ८।

टोखा नगरपालिकामा ७५३ जनाको परिक्षण गर्दा  १३ जनामा आरडीटी पोजिटिभ देखिएको छ  ।

टोखा नगरपालिकाले बुधबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र , श्रीसमाज भवन, हेराल्ड कलेज र कान्तिपुर पब्लिक स्कुल गंगबुमा ५०८ जनाको आरडीटी परीक्षण गरिएकोमा १३ जनामा पोजिटिभ देखिएको छ  ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा  १,२,३ र ७ वडाका १५४ जनामा आरडीटी परीक्षण गरिएकोमा ७ जनामा आरडीटी पोजिटिभ देखिएको थियो । जस अनुसार वडा नं १ मा  १ पुरुष, ३ वडाका १ पुरुष (मेडिकल स्टोर) र वडा नं ६ मा  ३ पुरुष  र २ महिलामा आरडीटी पोजेटिभ देखिएको हो । त्यस्तैवडा नं   ६का आरडीटी पोजिटिभ देखिएका ४ जना तरकारी व्यवसायी र एक महिला मेडिकल स्टोरका रहेका छन् ।

साथै श्रीसमाज भवनमा ४ र ५ वडाका १२३ जनामा आरडीटी परीक्षण गरिएकोमा ४ जनामा आरडीटी पोजिटिभ देखिएको छ । त्यस्तै गरी हेराल्ड कलेजमा ७, ८ र ११ वडाका १३४ जनामा आरडीटी परीक्षण गरिएकोमा २ जनामा आरडीटी पोजिटिभ देखिएको थियो  भने कान्तिपुर पब्लिक स्कुल गंगबुमा ९ र १० वडाका ८२ जनामा आरडीटी परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ  ।

परीक्षणबाट आरडीटी पोजिटिभ भएकाहरुको स्वाब संकलन गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको टोखा नगरपालिकाले जनाएको छ ।

२ सय ९३ जनाको स्वाब संकलन

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखा नगरपालिकाले आफ्नो नगरमा रहेका मेडिकल स्टोर, तरकारी व्यवसायी, खाद्यान्न पसल  विदेशबाट  फर्केका तथा जनप्रतिनिधिहरुमा आरडीटी र स्वाब परिक्षण कार्य अगाडी बढाएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।

त्यस्तै बुधबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ८८ , श्रीसमाज भवन ५१, हेराल्ड कलेज ८८ र कान्तिपुर पब्लिक स्कुल गंगबुमा ६६ गरी २९३ जनाको स्वाब संकलन गरी पोलीमेरेज चेन रिएक्शन (पीसीआर) परीक्षणका लागि राष्ट्रिय जनस्वास्ध्य प्रयोगशाला टेकुमा पठाइएको उप प्रमुख ज्ञानमाया डंगोलले जानकरी दिएकी छन  ।

परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा २ दिनपछि आउने टोखा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।परिक्षणलाई तीव्रता दिने जानकारी दिदै नगरपालिकाले पहिलो चरणमा करिव १५ सय जनाको परिक्षण गर्ने लक्ष्य राखिएको जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।