टोखा नगरपालिकाका पुर्व कार्यकारी अधिकृतको अबैध सम्पति १७ करोड ८३ लाख

टोखा नगरपालिकाका पुर्व कार्यकारी अधिकृतको अबैध सम्पति १७ करोड ८३ लाख

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७।

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपियाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर सहित अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन माग दावी लिई निज ऋषिराम अर्यालले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको गैरकानूनी रुपमा आर्जित सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन निज ऋषिराम अर्यालकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरिएको आयोगका प्रदिप कुमार  प्रवक्ता कोइरालाले विज्ञप्ति मार्फत जानकारी दिएका  छन् ।

तपाइँको प्रतिक्रिया ।