टोखा नगरपालिका वडा नं ५ मा भएको परिक्षणमा ८ जनाको RDT नतिजा पोजिटिभ
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ७।
टोखा नगरपालिका वडा नं ५ मा RDT परिक्षण गर्दा ८ जनाको नतिजा पोजिटिभ आएको छ। सो नगरपालिकाको वडा नं ५ मा रहेको परिक्षण स्थलमा १२३ जनाको RDT परिक्षण गर्दा ८ जनाको नतिजा पोजिटिभ आएको वडा अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिएका छन।
त्यस्तै उक्त स्थानमा ५१ जनाको PCR परिक्षणका लागि स्वाब संकलन गरिएको छ। सो परिक्षणमा औसधि बिक्रेता (मेडिकल वाला ), खाध्यान्न बिक्रेता , मासु बिक्रेता , तरकारि तथा फलफुल विक्रेता , २०७६ चैत्र देखि विदेश बाट आएका , सुरक्षाकर्मि र वडाका स्वयंसेवक र जन प्रतिनिधिहरु सहभागी रहेका थिए।
R D T पोजेटिभ देखिएकाहरु लाई क्वाराईन्टाईनमा राखिएको छ ।
तपाइँको प्रतिक्रिया ।