कोरोनाका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आउनेको टोखाका २४ जनाको PCR नेगेटिभ

कोरोनाका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आउनेको टोखाका २४ जनाको PCR नेगेटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६।

टोखा नगरपालिका वडा नं ९ बस्दै आएकी सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भए पश्चात उनको सम्पर्कमा आएका २४ जना व्यक्तिहरुको PRC नतिजा नेगेटिभ आएको छ।

टोखा नगरपालिका वडा नं. ९ बुद्धमार्गमा वसोवास गर्ने  २९ वर्षिय सुत्केरी महिलाको कोभिड १९ को संक्रमणका कारण मृत्यू भएपछी  उक्त क्षेत्र नगरपालिकाले सिल गरि सम्पर्कमा आएका सवै २४ जना व्यक्तिहरूको PCR विधिवाट जाँच गर्दा सवै जनाको नतिजा नेगेटिभ देखिएको हो।

उक्त टोलमा वसोवास गर्ने सवैलाई त्रसित नभई संयमता अपनाउन आग्रह गर्दै नगरप्रमुख प्रकास अधिकारीले सो वडा सुरक्षित रहेको बताएका छन।

लकडाउनको पूर्ण पालना गरेर घर भित्रै बस्नका लागि अपिल गर्दै प्रमुख अधिकारीले काठमाडौं बाहिरबाट आउने ब्यक्तिहरुको वारेमा सुचना दिनका लागि अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।