लकडाउनमा पनि बुढानिलकण्ठ -६ लुडेखोला कोरिडोर पार्क निर्माण जारी

लकडाउनमा पनि बुढानिलकण्ठ -६ लुडेखोला कोरिडोर पार्क निर्माण जारी

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको बुढानिलकण्ठ लुडेखोला कोरिडोर पार्क निर्माण कार्य लकडाउनको समयमा पनि जारि रहेको छ। २०७६ शाल चैत्र १७  गते निर्माण शुरु भएको उक्त पार्क निर्माणको कुल लागत ५२ लाख ७६ हजार ६ सय ९७ रुपैया ७२ पैसा रहेको छ।

जेष्ठ ५ गते  बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला र वडा नं ६ का अध्यक्ष नबिन केसीले उक्त पार्क निर्माण स्थलको निरीक्षण गर्दै  निर्माण प्रगतिका वारेमा जानकारी लिएका थिए।

बागमती प्रदेस सरकारको सहयोगमा निर्माण हुन् लागेको सो पार्कमा खुल्ला व्यामशाला सहित विभिन्न अन्य संरचना आगामी वर्ष सम्ममा सम्पन्न गरिने बुढानिलकण्ठ लुडेखोला कोरिडोर पार्क निर्माण समितिका अध्यक्ष कैलाश खड्काले बताएका छन।

वडा नं ६ को महत्वपूर्ण सार्वजनिक निर्माणको रुपमा रहेको सो पार्क निर्माणका लागि १ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) बागमती प्रदेस सरकार बाट स्वीकृत भै यस आर्थिक वर्षका लागि ५० बजेट विनियोजन भएको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।