बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का दुइ स्थानमा क्वारेन्टाइन स्थापना

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का दुइ स्थानमा क्वारेन्टाइन स्थापना

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का दुइ स्थानमा क्वारेन्टाइन तयार गरिएको छ। वडा नं ११ को यज्ञमति र ग्राम शिक्षा मावीमा क्वारेन्टाइन स्थापना गरिएको हो।

दुइ स्थानमा १२ जनाका दरले विभिन्न व्यक्तिहरुलाई राख्न सकिने गरि क्वारेन्टाइन व्यवस्थापन गरिएको वडा नं ११ का अध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन।

पछिल्लो समय कुनै व्यक्ति काठमाडौं बाहिर बाट आएको भएमा सुचना दिनका लागि अनिरोध गर्दै अध्यक्ष अधिकारीले कोरोना संक्रमण बाट बच्न र सुरक्षाको प्रवन्ध गर्नका लागि क्वारेन्टाइन स्थापना गरिएको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।