गोकर्णेश्वर नगरपालिकाका सबै जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना परिक्षण गरिने
कपन अनलाइन
काठमाडौँ, जेठ ५। गोकर्णेश्वर नगरपालिकाले सबै जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना परिक्षण गर्ने भएको छ। गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका जनप्रतिनिधि एबम कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९को परिक्षणका लागि भोलि जेठ ६ गते नमुना संकलन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेले जानकारी गराए।
भोलि जेठ ६ गते बिहान ११ बजे गोकर्ण प्राथमिक अस्पताल गोकर्णेश्वर ४ बाट वडा नं १,२,र३ को वडा अध्यक्ष ,वडा सदस्यहरु र वडामा कार्यरत कर्मचारीहरुकोनमुना संकलन गर्ने भएको छ भने अपरान्ह १२ बजे वडा नं ४,५ र ६ को वडा अध्यक्ष वडा सदस्य का साथै वडामा कार्यरत कर्मचारीहरुको, त्यसै गरि अपरान्ह १ बजे वडा नं ७,८,र ९ को वडा अध्यक्ष ,वडा सदस्यहरु र वडामा कार्यरत कर्मचारीहरुको नमुना संकलन गरिने भएको हो।त्यस्तै गरि अपरान्ह १ :३० बजे नगर प्रमुख उप प्रमुख , कार्यपालिकाका सदस्यहरु को साथै नगर कार्यपालिकाका सम्पूर्ण कर्मचारीहरुको नमुना संकलन गर्न लागिएको हो ।
फोटो :सरोज बस्नेत