शंखरापुर नगरपालिका भित्र संचालित योजनाहरुको नगर प्रमुख सुवर्ण श्रेष्ठ द्वारा निरीक्षण

शंखरापुर नगरपालिका भित्र संचालित योजनाहरुको नगर प्रमुख सुवर्ण श्रेष्ठ द्वारा निरीक्षण

कपन अनलाइन

काठमाडौँ, जेठ ५ ।शंखरापुर नगरपालिकाका भित्र संचालित विकास निर्माणका विभन्न योजनाहरुको नगर प्रमुख सुवर्ण श्रेष्ठले अवलोकन निरीक्षण गरेका छन।  नगर प्रमुख श्रेष्ठले  नगरपालिका भित्र संचालित बिभिन्न सडक आयोजना तथा वडा भबन ढलानको निरीक्षण  गरेका हुन् । उनले शंखरापुर नगरपालिका वडा नं ५ स्थित पालुबारी बाहुन टोल बाट भक्तपुरको तेलकोट जाने सडकको ढलान, पालुबारी खहेरे खोल्सामा  भएको निर्माण कार्य र वडा नं. ३ को नव निर्मित वडा कार्यालय भबनको ढलान त्यसै गरि  वडा नं. ३ कै पदमार्गको समेत निरीक्षण गरेका थिए।

उनले नगर स्तरीय योजनाको पालुबारी बाहुनटोल बाट भक्तपुरको तेलीकोट जाने सडक कुल २० लाख, पालुबारी कै खहरे खोल्सोमा १० लाखको लागतमा वाल निर्माणको अवलोकन निरीक्षण गरेका हुन्।  त्यसै गरि उनले   वडा नं. ३ को जहरसिंह पौवा स्थित वडा नं. ३ कार्यालयको निर्माणाधीन ४ कोठे  भबन नगरपालिकाको करिब ५०लाख  लागतमा निर्माण निर्माण भैरहेको भवनको पनि अवलोकन गरेका हुन्। लक डाउनका कारण बिकाश निर्माणका कामहरू ठप्प भएको  अवस्थामा सावधानी पुर्वक सुरक्षित तवरले सामाजिक दुरी समेत कायम गरि  कामहरू अगाडी बढाउन लगाएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए।

सरकारले पनि निर्माण सामाग्री ल्याउन खुकुलो बनाउँदा समाग्रीहरू ल्याइ  रोकिएका योजनाहरू सम्पन्न गर्ने हिसाबले अघि बढेको जानकारी गराए  । आर्थिक बर्ष सकिन दुइ महिना मात्र बाँकी भएको अवस्थामा ठुला ठुला योजनाहरू सम्पन्न गर्न कठिन  भएतापनि केहि योजनाहरू पुरा गर्न लागि परेको पनि जानकारी गराए ।यसै गरि उनले  काभ्रे जिल्ला जोडिने कात्तिके नाकाको समेत निरीक्षण गरि त्यहाको बारेमा जानकारी लिएका थिए ।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।