कोरोनाका कारण महिलाको मृत्यु पश्चात टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन

कोरोनाका कारण महिलाको मृत्यु पश्चात टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५।

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबु स्थित बुद्धमार्गमा बस्दै आएकी एक महिलाको  शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले मृतक बस्ने घर, छिमेकी घर र मृतकले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिदै  कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि  सिल  गारिएको जानकारी दिएका छन ।

यसैगरि टोखाका अन्य सथानहरुमा पनि परिक्षणको दायरा बढाइने बताउदै  टोखा नगरपालिकाका प्रमुख  प्रकाश अधिकारीले संक्रमणको खतरालाई बेवास्ता नगर्न नगरवासी संग अनुरोध गरेका छन।

फोटो सौजन्य :साझा पाना

तपाइँको प्रतिक्रिया ।