गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीको मुख्य सडक पेटीमा वृक्षारोपण
कपन अनलाइन
काठमाडौं, जेठ ४।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीको मुख्य सडक दायाँबायाँ वृक्षारोपण गरिएको छ ।हरियाली प्रवद्र्धनको लागि कोरोना भाइरस रोकथामकोको लागि सरकारले लागु गरेको लकडाउनका बीच स्थानीयको सहयोगमा जेठ १ गते नगर प्रमुख सन्तोष चालिसे सहितको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
एक घर दुइ बिरुवा रोप्ने अवधारणा अनूरुप वडा नं९ को मुख्य सडक दायाँबायाँ स्थानीय उमेश चालिसेको संयोजकत्वमा नगरपालिकाको सहयोगमा करिब १२० वटा बिरुवा करिब ३ / ३ मिटरको दुरीमा रोपिएको हो ।उक्त स्थानमा धुपी, लगायतको फलफूलको बिरुवा वृक्षारोपण गरिनुको साथै सो बिरुवाको संरक्षणको लागि तार जाली समेत राखिएको थियो ।
स्थानीयलाइ उक्त बिरुवा संरक्षण गर्नकोलागी समेत नगर प्रमुख सन्तोष चालिसेले अनुरोध गर्दै सडक किनारमा गरिएको वृक्षारोपणले सडक सौन्दर्य मात्र नभई बातावरण प्रदुषण गर्न समेत सहयोग पुर्याउने हुनाले वृक्षारोपण गरिएको र अन्य स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने बताए ।
उनले उक्त बिरुवाहरुको अपनत्व लिई संरक्षण गर्नको लागि स्थानीयलाइ अनुरोध गरेका थिए ।सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडासदस्य हरि कृष्ण कारंजित, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, सहित स्थानीयको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष राजिब थापाले बढ्दो अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको अवस्थामा हरियाली प्रवर्द्वनमा सहयोग पुर्याउनुको साथै सडक सौन्दर्य समेत बढाउने हुनाले वृक्षारोपण गरिएको बताए ।उनले रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्याउने बिश्वास लिदै सो बिरुवा संरक्षणमा स्थानीयले सहयोग गर्ने पनि विश्वास ब्यक्त गरेका छन ।