लकडाउनलाइ प्रभाबकारी बनाउन आरुबारी डाँडागाउ टोल सुधार समितिको माग

लकडाउनलाइ प्रभाबकारी बनाउन आरुबारी डाँडागाउ टोल सुधार समितिको माग

कपन अनलाइन

काठमाडौ, जेठ ४ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित आरुबारी डाँडागाउ टोल सुधार समितिले लकडाउनलाइ प्रभाबकारी रुपमा कार्यान्वयन गराउनको लागि माग गरेको छ।

आज टोल सुधार समितिले विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामको लागि सरकारले लागु गरेको लकडाउन प्रभाबकारी नभएको र दिन दिनै नेपालमा कोरोना संक्रमित देखिदै जाँदा पनि गोकर्णेश्वर नगरपालिका वडा नं ८आरुबारी डाँडागाउ क्षेत्रमा लकडाउन उलंघन गर्ने गरि बिभिन्न क्रियाकलाप हरु भए गरेको पाइएकोले त्यस्ता क्रियाकलापहरु हुन नदिनको गोकर्णेश्वर नगरपालिका वडा नं ८ को साथै महानगरीय प्रहरी वृत्त बौद्धलाइ ध्यानाकर्षण गराएको छ ।

साथै टोल बासीलाइ समेत लक डाउन पूर्णरुपले कार्यान्वयन गर्न समेत अनुरोध गरेको आरुबारी डांडा गाउ टोल सुधार समितिका अध्यक्ष राजेश दहालले जानकारी गराए ।

उनले सो क्षेत्र भित्र वा बाहिर उत्पादन हुने घरेलु मदिरा तथा शिल प्याक मदिरा लक डाउन अवधिभर उत्पादन तथा बिक्रि वितरण गर्न पूर्ण रुपमा बन्द गर्न अनुरोध गरिएको बताए त्यसै गरि विभिन्न बहानामा सो क्षेत्र आसपास घुमफिर गर्ने तथा भेट घाटगर्न आउने प्रबित्तिलाइ नियन्त्रणगर्न महानगरीय प्रहरी वृत्त बौद्धको सहयोगमा अनावश्यक हिंडडुल बन्देज गर्न लागिएको पनि जानकारी गराए ।

उनले अनावश्यक दुइपाङ्ग्रे र चारपाङ्ग्रे वा अन्य सवारी साधन दुरूपयोग गरएको पाइएमा महानगरीय प्रहरी वृत्त बौद्दको सहयोगमा नियन्त्रण समेत लिइने जानकारी गराउदै गोकर्णेश्वर नगरपालिका वडा नं ८ डाँडागाउ आरुबरीमा बसोबास गर्ने घर धनिहरुले आफ्नो घरमा भाडामा बस्ने ब्यक्तिहरु जिल्ला बाहिर गएको भए र आउन खोजे आउन नदिनेर यदि अत्यावश्यक भइ आएको खण्डमा स्वाथ्य परिक्षण गरि सो को रिपोर्ट देखाएर मात्र घर भित्र प्रवेश दिनपनि अनुरोध गरेको बताए ।

त्यस्तै उनले यदि कोहि कसैले अटेर गरि जवरजस्ती गर्न खोजेमा टोल सुधार समिति,वडा कार्यलय वा प्रहरी कार्यालयमा खबर गरि सहयोग गर्नपनि अनुरोध गरेका छन उनले अत्यावश्यक काम परेर घर बाहिर जान परेमा अनिवार्य मास्क ल्गाउन अनुरोध समेत गरेका छन ।

उनले टोल बासीहरुको सुरक्षा नै समितिको पहिलो दायित्व भएको हुँदा नियम कानुन बिपरित हिड्नेहरुलाई सम्बन्धित निकायको सहयोगमा कडा कारवाही गराउन पनि पछाडी नहट्ने बताए । घरमा नै बस्न अनुरोध गर्दै आफु पनि बाचौ र अरुलाई पनि बचाऊ भन्दै लक डाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।