बुढानिलकण्ठ -१२ तेन्जिंग चोककी युवतीमा PCR पोजिटिभ देखिए संगै वडा शिल गर्ने तयारी

बुढानिलकण्ठ -१२ तेन्जिंग चोककी युवतीमा PCR पोजिटिभ देखिए संगै वडा शिल गर्ने तयारी

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की १८ वर्षीय युवतीको PCR रिपोर्ट पोजिटिभ आए संगै वडामा उच्च सतर्कता अपनाइएको छ।

सर्लाही जिल्लाको रामनगर ४ स्थायी ठेगाना भएकी ति युवतीका आमा र उनको भाइको रिपोर्ट भने नेगेटिभ आएको उनको परिवारले जानकारी दिएको छ।लक डाउन भन्दा पहिला सर्लाही गएर १ महिना बसी करिव ३  दिन पहिला उनीहरु काठमाडौं आएका थिए।

नतिजा पोजिटिभ आए संगै ति युवतीलाई अस्पतालमा  राखिएको छ। उक्त सुचना प्राप्त भए संगै सो क्षेत्र शिल गरेर उनीहरुको सम्पर्कमा आएकालाइ पनि आइसोलेसनमा बस्ने प्रवन्ध गरिने वडा अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।

वडा नं १२ ले वडाका टोल विकास समितिहरु संग वडालाई सुरक्षित बनाउन र वडावासीको सुरक्षाका लागि अपनाउनु पर्ने उपायका वारेमा छलफल गरिएको थियो ।

सो वडाको तेन्जिंग चोकमा  संक्रमित भेटिए संगै वडा नम्बर १२ ले वडाका सबै टोल विकास समिति सङ को छलफल पस्चात वडालाई शिल गर्ने निर्णय गरेको हो।

एक टोल बाट अर्को टोलमा हुने आवत जावत रोक्नका लागी ति समितिले स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ। त्यस्तै वडामा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गर्दै  आपतकालीन अवस्था र खध्यान्न ब्यवस्थापन  टोल विकास समितिको समन्वयमा गर्ने गरि सम्पुर्ण पसलहरु एक हप्ता सम्म बन्द गर्ने निर्णय गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।