छुच्चो परेवा !

छुच्चो परेवा !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४ /गीता सापकोटा

आँगनमा एक हुल परेवा चारो खाइरहेका थिए । आमा र म चारो खाएको हेरिरहेका थियौँ । त्यहाँ केही केहीबच्चा परेवापनिथिए । सबै परेवाआ–आफ्नै पेट भर्नमै व्यस्तथिए ।
त्यत्रो हुलमा एउटा परेवाअलिक छुच्चो थियो । उसले सबै परेवालाई ठुङ्दै लखेड्दै गरिरहेको थियो । एउटा परेवालाई ऊ केहीगर्दैन थियो । त्यस्तो देख्दालाग्यो, ‘पक्कै यो सानो परेवा चाहिँ उसको आफ्नो बच्चा होला ।’ मलाई साह्रै नरमाइलो लाग्यो । हत्त न पत्त आमासँग सोधेँ, ‘आमा आमा हेर्नुस् न त्यो एउटा परेवाले त अरु परेवालाई लखेटेर चारो खानै दिँदैन रहेछ ।

एउटा बच्चा परेवालाई चाहिँउसले मायागर्दो रहेछ । हेर्नु त आमा ।’ आमाले पनित्यो दृश्य देखिरहनु भएको थियो । उहाँ एकछिन बोल्नुभएन ।
सायद आमालाई पनि छुच्चा परेवाले भेदभाव गरेको मन परेको थिएनहोला ।

यसरी परेवाहरु नमिलेको देखेपछि मैले आमासँग भनेँ, आमा बरु ती अरु परेवालाई छुट्टै चारो दिऊँ न । मेरो कुरा सुनेर आमालाई पनि नरमाइलो लाग्यो । उहाँले भन्नुभयो, त्यसरी हुँदैन नि । जहाँ चारो राखिदिए पनि सबै त्यही पुगिहाल्छन् । फेरि त्यहाँपनि छुच्चो परेवाले त्यस्तै व्यवहार गरिहाल्छ । साना परेवाले पनि यस्तै हुलबाट चारो खोजेर खानसिक्न पर्छ ।’

आमाले भनेका कुरा पनिमलाई ठिकै लाग्यो । त्यो छुच्चो परेवाले सबैलाई भगाएको चाहिँ मलाई पटक्कै मन परेन । मलाई आँगनमा गएर त्यस छुच्चो परेवालाई भगाइहालुँ जस्तो लाग्यो । म विस्तारै आँगनमा गएँ । म पुग्ने बित्तिकै सबै परेवा त्यहाँबाट उडिहाले । मलाई साह्रै नरमाइलो लाग्यो । अब ती परेवा चारो खान कहिलै आउँदैनन् होला जस्तो लाग्यो अनि एउटा जुक्ति निकालेँ । परेवाले नदेख्ने गरी घरभित्र बसेँ र झ्यालबाट तिनीहरुले चारो खाएको हेर्न तम्सिएँ ।
मैले धेरैबेर कुरेँ । आँगनमा एउटा पनि परेवाआएनन् । फेरि एक मुठी चारो ल्याएर आँगनमा छरिदिएँ । त्यसपछि सबै परेवा आएर चारो खानथाले । छुच्चो परेवाले पहिलाकै जस्तो सबै परेवालाई लखेटिरह्यो । आमा र म नै ती परेवाहरुलाई नियालिरहेका थियौँ । आमाले त्यो छुच्चो परेवालाई हेर्दै भन्नु भयो, यो परेवा त साह्रै छुच्चो पोे रहेछ ।

रिस खाआफू बुद्धि खाअर्को भन्थे । यसमा यस्तै स्वभाव रहेछ । आमा एक्लै एक्लै फतफताउन थाल्नुभयो । मैले केही बुझिनँ । आमालाई सोधेँ, हजुरले के भन्नु भएको हो आमा? आमालाई पनि त्यो छुच्चो परेवाको स्वभाव देखि निकै रिस उठेको रहेछ । उहाँले झर्किदै भन्नु भयो, ‘त्यही छुच्चो परेवालाई गाली गरेको नि । सबैले खाऊन् भनेर चारो हालिदिएको त अरुलाई लखेट्छ मात्रै । उसको काम चाहिँ अरुलाई लखेट्ने मात्रै भयो । आखिर भोको त त्यही छुच्चो परेवाभयो । अरु परेवा त फुत्तफुत्त आएर खाँदै छन् । सबैले दुःखले भएपनि पेट भर्न लागे । यसैलाई भन्छन्, रिस खा आफू बुद्धि खा अर्को ।’

तपाइँको प्रतिक्रिया ।