टोखा -९ बसेकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भए संगै वडा शिल गरियो

टोखा -९ बसेकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भए संगै वडा शिल गरियो

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ४।

कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ ।

तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनले गर्भवती भएपछि नेपाली सेनाबाट अवकाश प्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।

यो सुचना संगै टोखा नगरपालिका वडा नं ९ शिल गरिएको छ।  सो कोरोना संक्रमणबाट मृत्यु भएकी  महिला टिचिंग अस्पतालमा डेलिभरी गराई  वडा नं. ९ मा पर्ने काभ्रे डेरी देखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा आवतजावत गरेकी थिइन् ।

टोखा नगरपालिका–९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

विषम परिस्थितिमा संक्रमणको जोखिम बाट बाच्न वडालाई शिल गरिएको जानकारी दिदै नगर प्रमुख प्रकास अधिकारीले सचेत र सजग भएर रहन नगरवासीमा अपिल गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।