संक्रमणको जोखिममा बुढानिलकण्ठ

संक्रमणको जोखिममा बुढानिलकण्ठ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४।

बुढानिलकण्ठ नगरपालिकामा कोरोना भाइरस संक्रमणको खतरा उच्च देखिएको छ।सो नगरपालिकामा अहिले सम्म एक PCR  र दुई  RDT परिक्षणमा नतिजा पोजिटिभ आएको छ।

त्यस संगै अति न्यून परिक्षण मात्र गरिएको नगरपालिकामा पछिल्लो चरणमा काठमाडौं बाहिर बाट आएका  व्यक्तिहरुमा लगातार संक्रमण देखिए संगै जोखिम बढेको हो।

नगरपालिकाले सुचना जारि गरेर काठमाडौं बाहिर बाट आउनेहरुको विवरण उपलव्ध गराउन अनुरोध गरे पनि अटेरी घरधनीहरुले सो सूचनालाई हल्का लिदा संक्रमणको खतरा निकै बढाएको छ।

नगरपालिकाले तत्काल पछिल्लो चरणमा काठमाडौं बाहिर बाट आएका प्रत्येक व्यक्तिहरुको परिक्षण गराउने व्यवस्था नमिलाएमा यसले भयावह रुप लिन सक्ने देखिन्छ।

वडा नं १० मा RDT रिपोर्ट पोजिटिभ आए पनि PCR नेगेटिभ आएको छ भने वडा नं १२ की १८ वर्षीय युवतीमा PCR पोजिटिभ देखिएको छ।केहि समय पहिला वडा नं ९ कि एक महिलाको RDT पोजिटिभ आएको थियो भने PCR परिक्षण गर्दा नेगेटिभ नतिजा आएको थियो।

संक्रमणको खतरा रोक्नका लागि तथ्यांक संकलन र परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाका जोखिम युक्त क्षेत्रलाई शिल हुनुपर्ने माग पनि बढ्दै गएको  अवस्थामा नगरपालिकाले ठोस निर्णय गर्नुपर्ने देखिन्छ।

मुख्यत तराई क्षेत्र बाट पछिल्लो चरणमा काठमाडौं आएका व्यक्तिहरुका कारण संक्रमणको खतरा देखिएकोले ति व्यक्तिहरुको परिक्षण र सुरक्षित व्यवस्थापनका लागि विशेष पहल नगरेमा बुढानिलकण्ठ संक्रमणको खतरामा गहिरो गरि फस्ने जोखिम तर्फ सबैले सचेत बन्नु पर्ने देखिन्छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।