बुढानिलकण्ठ-६ लुड़ेखोला क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना हुने

बुढानिलकण्ठ-६ लुड़ेखोला क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना हुने

कपन अनलाइन 

काठमाडौं , जेष्ठ ३

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को लुड़ेखोला क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना हुने भएको छलुडेखोला आसपास क्षेत्रहरुमा बस्ती बिकास क्रम सङ्ग सङ्गै सुरक्षाको पहुचको कमिले नागरिकहरुमा असुरक्षा बढेको  महसुस भए संगै सो स्थानमा प्रहरी बिट स्थापनाका लागि छलफल शुरु गरिएको हो

बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाको प्रमुख आतिथ्यतामा भएको उक्त छलफलमा प्रदेस सभा सदस्य  भिमसेन खत्री ,प्रहरी नायब महानिरीक्षक सुर्य नाथ उपाध्याय , बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक  भुपेन्द्र गिरि सहित  वडाका स्थानिय राजनैतिक दलहरुका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।

छलफलमा बोल्दै प्रमुख अतिथि निरौलाले हाल लाई अस्थायी संरचनाको व्यवस्था भए पनि आगामी दिनमा स्थायी संरचना निर्माणका लागि पहल गर्ने प्रतिवादत्ता व्यक्त गर्दै पहलका लागि वडालाई धन्यवाद दिएका थिए

त्यस्तै प्रहरी नायव महानिरीक्षक सुर्य  नाथ उपाध्यायले  प्रहरी सङठनमा श्रोत साधनको कमि भएता पनि आफु वडा कै वासिन्दा भएको नाताले पनि विशेष सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए

त्यस्तै वडा नं ६ का अध्यक्ष नबिन केसीले  वडा नं  ४ र ६  स्थानिय जनप्रतिनिधिको सक्रियतामा  अस्थायी प्रहरी पोस्टको ब्यवस्थापनले सामाजिक बिकृती र  अपराधिक जन्य कृयाकलाप नियन्त्रण हुने विस्वास व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए

तपाइँको प्रतिक्रिया ।