बुढानिलकण्ठ नगरपालिकाले पहलो मोर्चामा सक्रिय व्यक्तिहरुको RDT परिक्षण गर्ने

बुढानिलकण्ठ नगरपालिकाले पहलो मोर्चामा सक्रिय व्यक्तिहरुको  RDT परिक्षण गर्ने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३ ।

बुढानिलकण्ठ नगरपालिकाले प्रथम चरणमा कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको पहलो मोर्चा (Front line ) मा  सक्रिय जोखिम समुहका व्यक्तिहरुको नमूना संकलन गरि RDT परिक्षण गर्ने भएको छ।

बुढानिलकण्ठ नगर कार्यपालिकाको ५० औ बैठकले जोखिम समुहका  स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, सञ्चारकर्मी, एम्बुलेन्स चालक, फोहरमैला व्यवस्थापनकर्मी, उपत्यका बाहिरबाट आएका व्यक्तिहरु, नगरपालिका राहत वितरणमा खटिएका कर्मचारी,स्वयंसेवक  र अत्यावश्यक वस्तु बिक्रीवितरण गर्ने व्यक्तिहरुको परिक्षणका लागि तयारी गर्न स्वास्थ्य शाखालाई निर्देशन दिएको थियो।

पहिलो चरणमा प्रत्यक्ष जनसम्पर्कमा रहेका व्यक्तिहरुको परिक्षण गरिने तथा बाकि क्षेत्रमा परिक्षणका लागि आवस्यक सामाग्री माग गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले RDT र PCR को परिक्षणको लागि पनि व्यवस्था मिलाई दिन स्वास्थ्य सेवा विभागलाई अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।