राष्ट्रपतिलाई चिठी !

राष्ट्रपतिलाई चिठी !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३/तिर्थ सुवेदी

सम्माननिय राष्ट्रपति ज्यु नमस्कार !

आराम रही आरामकै कामना गर्दछु।कोभिड-१९ को महामारी बाट मुलुक आक्रान्त भएपनि कोभिड-१९ संग जुध्न राष्ट्र नै लागिपरेको बर्तमान अबस्थामा साथमा साथ र हातमा हात दिंदै एकैछिन यो पत्र मार्फत तपाईंको ध्यानाकर्षण गराउने कोसिस गर्दैछु अन्यथा नलिनु होला। संयोग नै परेछ अाज जेठ ३ गते ।

तपाईंलाई थाहा नै छ २७ बर्ष अघि आजकै दिन हामीले नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक जननेता मदन कुमार भण्डारी र कुशल संगठक जिवराज अाश्रित लाई दाशढुंगा दुर्घटना बाट सदाका लागि गुमाएका थियौं।

दुर्घटना भैपरि आउने हो यसलाई रोक्न खोज्दाखोज्दै पनि हुन सक्छ तर यो त्यतिवेलाको राजनितिक दुर्घटना भएकाले यसलाई दुर्घटना नै हो भनेर पत्याउन नेपाली जनताले सकेका छैनन् किनकि अदालत ले समेत प्रश्न उठाउन नसक्ने राजा र राजपरिवार प्रति औला उठाएर हिम्मत भए श्रिपेच फुकालेर मदन भण्डारी संग चुनाब लड्न आउ वा राजा नै भईरहने हो भने जनता बाट चुनिएर आउ भन्ने उद्घघोष त्यतिबेला कसैले गर्न सकेको थिएन ।

विश्व कम्युनिष्ट आन्दोलन विस्तार हुन नसकिरहेका बेला नेपालमा कम्युनिष्टहरु बढ्दै गएकाले वेलायत बाट प्रकाशित हुने पत्रिकाले समेत नेपाल जहाँ माक्स जिवित छन् भनेर जनताका लोकप्रिय नेता र जवज का प्रत्युपादक मदन भण्डारी लाई कोड गर्नुको संयोग पनि त्यही समय थियो।

नेपालमा पनि सत्ताधारी कांग्रेसलाई आच्छु आच्छु पारेर सत्ता हडप्ने मौका आउनै लागेको समय थियो त्यो। त्यतिवेलाको कम्युनिष्ट पार्टी नेकपा एमाले ले समेत राजनितिक हत्या भनेर हत्यारा पत्ता लगाउन त्यतिवेलाको सत्तालाई दवाव दिन आन्दोलन नै गरेको कुरा सर्वविदितै छ।कत्तिले माधव नेपालले आफु महासचिब हुन हत्या गर्न लगायो भनेर समेत नभनेका होईनन्।

पटक पटक पार्टी सत्तामा पुग्दा समेत हत्याको यथार्थ छानविन गर्न नसक्नु कसको कमजोरी हो हामी जस्ता कार्यकर्ता लाई था हुने कुरै भएन।जब स्मृति दिवस आउंछ,नेताहरु द्वारा मदन भण्डारीको हत्यारा पत्ता लगाई छाड्ने उद्घघोष गर्छन् कार्यकर्तामा आशा पलाउंछ तर दिन बित्दै जान्छ बिर्सन्छन् कि कुन्नि?

ड्राईभर अमर लामाको हत्याले समेत थप शंका उत्पन्न गराएको छ।माअोबादी हरुले समेत त्यतिवेलै मदन-आश्रित को हत्यारा पत्ता लगाई कारवाही गर्ने त्यतिवेलै वताएका थिए।चुनाव आउंछ यो मदन भण्डारी त नआउन पनि सक्छ तर सुर्य त आयो आयो भनेर नारा बनाईन्छ अनि मदन भण्डारी ले बोलेका शब्दहरु सुनाएर जनताहरुसंग मत मागिन्छ।यति नै हो त उहांको सम्मान ? मदन ले कोरेको बाटो पछ्याएर नै तपाईं ऐले देशको राष्ट्रपति हुनुहुन्छ।मदन भण्डारी स्वयं तपाईको पति पनि हुनुहुन्छ।

मदन को हत्या नै भएको भनेर प्रतिवेदन पेश गर्ने छानविन कमिटी का संयोजक केपी शर्मा ओली देशको कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ।सत्ता कम्युनिष्टहरुकै छ।तपाईं स्वयं अग्रसर भई छानविनका लागि पार्टी र सरकारलाई अनुरोध गर्दा काम हुन सक्छ।पदिय मर्यादाको ख्याल गर्दै यो उपयुक्त समय हो हत्याको छानविन गरी सत्यतथ्य बाहिर ल्याउने।

यति काम भयो भने आलोचना गर्नेहरुको पनि मुख टालिन्छ र हामी जस्ता कार्यकर्ताहरुको पनि चाहाना सम्बोधन हुन्छ।उहांहरु प्रतिको सच्चा सम्मान यो भन्दा बढी के होला र राष्ट्रपति ज्यु ? अाशा छ अर्को जेठ ३ अगावै मदन-अाश्रित को हत्या सम्बन्धमा सत्यतथ्य बाहिर आउने नै छ। हार्दिक अभिवादन सहित !

उही नेकपा को शुभ-चिन्तक

तीर्थ सुबेदी

मन्थली १ रामेछाप

तपाइँको प्रतिक्रिया ।