गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चामा खुकुरी प्रहार ,घाइते २ जना नेपाल मेडिकल कलेजमा

गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चामा खुकुरी प्रहार ,घाइते २ जना नेपाल मेडिकल कलेजमा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा पौडेल गाउँमा भएको दुई समुहको झगडामा खुकुरी प्रहार हुदा दुई जना घाइते भएका छन।खुकुरी प्रहार बाट घाइते भएका दुइ जनाको  नेपाल मेडिकल कलेज आत्तरखेलमा उपचार भैरहेको र प्रहार गर्ने ४ जनालाई पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन।

खुकुरी प्रहर गर्ने ४ जना मध्ये २ जना सिन्धुपाल्चोक जिल्ला बाट आएर सो क्षेत्रमा वसोवास गर्दै आएका र अन्य २ जना सोहि स्थानका वासिन्दा रहेको जानकारी दिदै प्रहरीले आपसी रिसीइवीका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।