काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा सिंगी फाउन्डेसन द्वारा खाद्यान्न सहयोग

काठमाडौं महानगरपालिका  वडा नं ६ बौद्धमा सिंगी फाउन्डेसन द्वारा  खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं जेठ ३ ।काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमासिंगी फाउन्डेसन द्वारा खाद्यान्न सहयोग गरेको छ ।कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन लम्बिदै जाँदा  ज्यालादारी गर्ने मजदुरलाई हातमुख जोर्ने समस्या भएकालाइ पूर्व मन्त्रि अम्बिका बस्नेत सहित वडा अध्यक्ष दिपेन्द्र लामाको पहलमा सिंगी फाउन्डेसनले  खाद्यान्न सहयोग गरेको  हो ।

उक्त कार्यक्रममा पूर्व मन्त्री अम्बिका बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा,वडा सदस्य जयराम पुडासैनी,गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, काठमाडौं महानगरपालिका वडा नं ६  बिपत ब्यबस्थापन तथा नागरिक सुरक्षा समिती का उपाध्यक्ष आर सी भण्डारीले, सिंगी फाउन्डेसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।संस्थाले लक डाउन बाट प्रभावित श्रमजीवी १४० परिवारलाइ प्रति परिवार  १ बोरा चामल सहित दाल, नुन, तेल, चिनी लगायतको खाद्यान्न सहयोग गरेको हो  ।

लकडाउनका कारण काम गर्न नपाउँदा जीवन निर्वाहमै समस्या पर्न थालेकाले ‘मानवीय संबेदनशीलतालाइ बुझ्दै सिंगी फाउन्डेसन मार्फत प्राप्त खाद्यान्न  सहयोग गरेको पूर्व मन्त्री अम्बिका बस्नेतले बताइन।   उनले लकडाउन लम्बिदै जाँदा वडा बाट वितरण गरिएको राहत  समेत पर्याप्त नभएको हुँदा त्यस्ता ब्यक्तिहरुलाइ बिभिन्न संघ सस्थाहरुसंगको  पहल तथा सहकार्यमा  खाद्यान्न सहयोग गर्दै आएको पनि स्पष्ट पारिन। उनले संकटको बेलामा सबै जना एक जुट हुनुपर्नेमा जोड दिदै कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण नहुँदा सम्म समस्यामा परेकाहरुलाई सहयोग जारी राख्नु पर्ने बताउदै संकटमा सबै जनाले निस्वार्थ सेवा भावले सहयोग गर्नु पर्ने पनि बताइन  ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।