चन्द्रागिरी ६ मा एक हप्ताको लागि पसल व्यवसाय तथा हिंडडुल बन्द गरिएको छ :वडा अध्यक्ष संजय सिग्देल

चन्द्रागिरी ६ मा एक हप्ताको लागि पसल व्यवसाय तथा हिंडडुल बन्द गरिएको छ :वडा अध्यक्ष संजय सिग्देल

कपन अनलाइन

काठमाडौं जेठ १ । चन्द्रागिरी नगरपालिका वडा नं ६मा एक हप्ताको लागि पसल व्यवसाय तथा हिडडुल गर्न बन्द गरिएको वडा अध्यक्ष संजय सिग्देलले कपन अनलाइनलाइ जानकारी गराए ।उनले चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस कोभिड -१९ को संक्रमित ब्यक्ति दिन प्रतिनिधि बढ्दै गएको हुँदा ६ नं वडा को केहि स्थान अति संबेदनशील स्थान भएको र अनावश्यक मानिसहरु आवतजावत  गर्दा संक्रमण बढ्न सक्ने भएको हुँदा जेठ ३ गते शनिबार  बिहान १० बजे बाट निम्न स्थानहरुमा एक हप्ताको लागि औषधी पसल बाहेकका अन्य पसल व्यवसाय बन्द गर्ने र अनावश्यक हिडडुल पूर्ण रुपमा निषेध गरिने  लागेको जानकारी गराए।

१) अकलादेबी मन्दिर, ६ नं वडा कार्यालय, चेकपोष्ट चौकी सम्मको मूल सडक र दायाँ बायाँ पसलहरु ।

 २) चेकपोष्ट चौकी हुदै हिमाल पम्प, राधाकृष्ण गेटसम्मको मूल सडकर दायाँबायाँ पसलहरु ।

३) राधाकृष्ण गेट हुदै राधाकृष्ण मन्दिर सम्मको मूल सडक र दायाँबायाँ पसलहरु ।

४) कृष्ण मन्दिर, बाबा आश्रम हुदै बालागाउँ, कुवा बाटमातातिर्थ सम्मको मूल सडक र दायाँबायाँ पसलहरु ।

५) चेकपोष्ट ,बुंगाखेल, महादेव मन्दिर गेट हुँदै बालागाउँ  सम्मको मुल सडक र  दायाँबायाँ पसलहरु ।

६) महालक्ष्मी सामुदायिक बन क्षेत्र र गुमालचौकी सामुदायिक बन क्षेत्र ।

उनले अन्यथा अटेर गरि पसल व्यवसाय संचालन गर्ने अनावश्यक हिंडडुल गर्ने गरेको पाइएमा प्रशासन बाट कडा कारवाही गरिने पनि जानकारी गराए ।उनले सो सम्बन्धी वडाले सार्वजनिक सुचना समेत जारि गरिसकेको जानकारी गराए  उनले विषम परिस्थितिमा सबैको सहयोग आवश्यक रहेको बताउदै लकडाउनको पूर्ण रुपमा कार्यन्वयन गरि सुरक्षित रहन पनि अनुरोध गरेका छन। साथै कुनै पनि समस्या आइपरेमा जनप्रतिनिधिहरुलाई खबर गर्न समेत अनुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।