कोरोना प्रकोपको जोखिम बीच संयमता र सहकार्य आवश्यक छ :वडा सदस्य डम्बर बहादुर श्रेष्ठ (गोकर्णेश्वर ८)

कोरोना प्रकोपको जोखिम बीच संयमता र सहकार्य आवश्यक छ  :वडा सदस्य डम्बर बहादुर श्रेष्ठ (गोकर्णेश्वर ८)

कपन अनलाइन

काठमाडौं जेठ २ । अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।यसै क्रममा आफ्ना वडालाइ कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका   गोकर्णेश्वर नगरपालिका  वडा नं ८ का वडा सदस्य डम्बर बहादुर श्रेष्ठ बिहान देखि बेलुका अवेर सम्म  लकडाउनका कारण  वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका छन ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना नै कोभिड–१९ को संक्रमण नियन्त्रणको विकल्प र उपाय भएको बताउने उनले  सबैलाइ लक डाउनको सहृदयदेखि पालना गर्न अनुरोध गरेका छन। उनले त्यसमा कसैले पनि हेल च्याक्र्याई गर्नु नहुने बताउदै  कोरोना संक्रमण न्यूनीकरणको लागि किटनाशक औषधी छर्कने कार्यमा होस् या सामाजिक दुरी कायम गर्दै निश्चित समयमा पसल खुलाउन र हात धुने व्यवस्थापनको लागि आफै अग्रसर भएका उनि वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारो लाइ समाधान गर्नको जहिले पनि तयारी अवस्थामा रहेको बताउछ्न ।गोकर्णेश्वर  नगरपालिका वडा नं ८ मा दैनिक करिव १८ सय जनालाई दैनिक निशुल्क भोजन गराउने अभियान मा स्थानीय स्वयं सेवक संगै सक्रिय व्यवस्थापनको भूमिका निर्वाह गरेका उनले  वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेका छन । स्थानीयको सहयोगमा विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि  लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेल्दै आएका श्रेष्ठले विषम परिस्थितिमा स्वास्थ्य ख्याल नगरी खटिरहेका छन ।

नगरपालिका भित्र कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि सञ्चालन कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न रहदै स्वास्थ्यकर्मी संग नियमित सम्पर्क गरिरहेका उनले वडाबासीलाई कुनै पनि समस्या आइपरे समाधान गर्नको लागि समन्वय गर्न पछि पर्दैनन्  ।राहत वितरण अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै वडा बासिलाइ आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका उनले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै वडा भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी लिएर सामाजिक दुरी कायम गराउन, लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा सचेतना जगाउने कार्यमा समेत सहयोगी भूमिका  खेल्दै आएका  उनले हाल सम्म वडामा १५ जना पुरुष र १२ महिला गरि २७ जनाको कोरोना परिक्षण गरिएकोमा सबैको नजिता नेगेटिभ आएको जानकारी गराए ।

संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रयासहरु जारी राखेका बताउदै ,उनले  विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्र संग संगै नेपालमा पनि  संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा  लकडाउन लाइ पूर्ण रुपमा पालना गरि घरमै बस्न वडा बासीलाई अनुरोध गरेका छन  ।उनले वडा नं  ८ को समन्वयमा लकडाउन बाट प्रभावित हरुलाई बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निशुल्क भोजन अभियान संचालन गरिएको बताउदै उनले नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल वडामा गराइदै आइरहेको निशुल्क भोजन अभियान स्थगित गरिएको बताए।

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहेको अवस्थामा अबका दिनमा के गर्ने र कसरी अगाडि बढ्ने भन्ने मानवमाथि ठूलो चुनौति आइपरेको  बताउने उनले थाहा छैन हामी बोल्दै गर्दा, लेख्दै गर्दा , हिड्दै गर्दा र आफ्नो कर्तव्य पूरा गर्दागर्दै कतिखेर एकान्तवास जानु पर्ने हो, कसैलाई चितामै पुर्याउने पो हो कि वा हामी सुरक्षित रहन पाउने हो । यो  जीवनको तत्कालिक अनिश्चितता भएको बताउने उनले  त्यै पनि कोरोनाले हामीलाई घर भित्रै थुनिरहँदा दुनियाँभरमा मृत्यु र जोखिमको प्रहर बढाउँदै गर्दा हामी नजिक कति आइपुग्यो कोरोना या हामीसँग नआउने बाचा गर्दैछ यसलाई एकिन गर्न नसकिने हुँदा लकडाउनको पूर्ण पालना गरि सुरक्षित रहन सबैलाई अनुरोध गरेका छन।

लकडाउन भनेको आपत्कालीन व्यवस्था भएको बताउदै सो को पालना गर्नु आम नागरिकको कर्तब्य भएको पनि बताए ।कोरोना भाइरसको संक्रमण विश्वभरका राष्ट्रहरुको साझा समस्या भएको बताउने उनले  त्यसैले यसको सामना पनि साझा रुपमै गर्नुपर्ने मान्यता राख्छन उनि एउटालाई पर्दा अर्को चुप लाग्ने हो, सहयोगभन्दा असहयोग बढाउने हो भने मानवताको भावना नै समाप्त हुनेमा बताउने उनले  सवैले कोरोना बाट उत्पन्न समस्या समाधान गर्न हातेमालो गर्दै  समस्याबाट मुक्ति पाउन एकले अर्कालाई सहयोग गर्नु पर्ने बताउछन  । विद्वेश र कलहको भावना यही बेला त्याग्न  र विश्व बन्धुत्वको भावना बढाउन  समेत अनुरोध गरेका छन   ।उनले कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका खानाको प्याकेट वितरण गर्ने अभियानमा सक्रियपुर्वक सहयोग गर्ने स्वयं सेवक एबम सहयोगी दाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ८को  तर्फ बाट धन्यबाद ज्ञापन गरेका छन  ।

उनले पछि परिस्थिति अनुसार निशुल्क भोजन कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त  अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गर्दै उनले  विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी  वडालाइ निस्वार्थ रुपमा सहयोग गरेका  स्वयं सेवकहरु, जन प्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी स्वास्थ्यकर्मी, विपद व्यवस्थापन टोलि, स्थानीय संघ सस्था तथा सहयोगी दाता सहित स्थानीयहरुले  गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै भबिष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन ।भूकम्प र अहिलेको अवस्था फरक रहेको बताउने उनले  भूकम्पमा जति सक्दो चाँडो जनताको सामु पुग्ने, राहत र उद्धार गर्ने कुरा हुन्थ्यो  तर अहिले भीडभाड गर्न नहुने, सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था रहेको बताए  ।उनले गोकर्णेश्वोर नगरपालिका वडा नं ८ मा बैशाख ६ गते देखि बैशाख २६ गते सम्म संचालित बिहान बेलुकाको निशुल्क भोजन अभियानमा सहयोगी दाताहरु बाट  संकलन भएको कुल रकम ७,३०,५०० रहेको र सो बाट ६,४८,६४१  रुपैया खर्च भएको जानकारी गराउदै बाँकी भएको ८१,८५९ रुपैया वडाको राहत कोष खडा गरि जगेडा राख्न लागेको पनि बताए  ।

लक डाउन खुकुलो हुदा उपत्यकामा भिडभाड बढेको  र नाकामा कडाइ गरिएको भनिए पनि विभिन्न जिल्लाबाट उपत्यकामा मानिस भित्रिने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्दै नाकामा कडाइ गर्न अनुरोध गरेका छन । उनले दिन प्रतिदिन कोरोना संक्रमित बढेको हुँदा आम वडा बासीलाई घरमै सुरक्षित रहन र लकडाउन पूर्ण रुपले पालन गर्न पनि अनुरोध समेत गरेका छन। उनले  सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गर्दै घरमै बस्दा हामीहरुले आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।उनले सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भन्दै अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरेका छन । साथै उनले अहिलेको समयमा  सबै घरधनीहरुले जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुको बिवरण तुरुन्त सम्बन्धित वडा कार्यलय, नगरपालिका तथा नजिकको प्रहरी कार्यलयमा जानकारी गराउन अनुरोध गर्दै आवश्यक परेमा परिक्षणको लागि सहयोग गरिदिनको लागि अनुरोध गर्दै अति आवश्यक  काम बाहेक घर बाहिर ननिस्किनुहुन र समुहमा हिडडुल नगर्न पनि अनुरोध गरेका छन ।उनले अहिलेको अवस्थामा संयमता र र सहकार्यको खाँचो रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।